@dr.dipakmalla: “हजार रुपैयाँको नोट र एक बुवाको ठूलो बिन्ती” आजको व्यस्त ओपीडीमा एकजना बुवाले मसँग भन्नुभयो, “बाबु, अलिकति समय लिन्छु है।” मैले भनेँ, “हुन्छ बुवा बस्नुहोस्।” रिपोर्ट हेर्दै थिएँ। उहाँले खल्तीबाट एउटा हजार रुपैयाँको नोट निकाल्नुभयो र मेरो अगाडि राख्दै भन्नुभयो— “बाबु, यो हजार रुपैयाँभित्र अट्ने औषधि लेखिदिनु है। सुगर छ, प्रेसर छ, कोलेस्ट्रोल छ। आफ्नै कमाइ छैन, बुढेसकाल लागिसक्यो। आज छोराले ‘हजार रुपैयाँ लिएर उपचार गरेर आउनू है बाबा’ भनेको छ। त्यसैले यही पैसा लिएर आएको हुँ। मिलेसम्म मिलाइदिनुहोला बाबु।” मैले उहाँको आँखामा हेरेँ। त्यो हजार रुपैयाँमा औषधिभन्दा धेरै बुवाको विवशता देखिरहेको थिएँ। मैले सकेसम्म मिलाएर औषधि लेख्दै थिएँ। बुवाले फेरि भन्नुभयो— “बाबु, औषधि कति बेला खाने, के खाने, के नखाने—सबै कुरा प्रष्ट लेखिदिनु है। यो कागज फेरि छोरालाई देखाउनुपर्छ। अस्पताल आएको थिएँ भन्ने प्रमाण पनि त देखाउनुपर्‍यो नि।” केही बेरपछि बुवाले फेरि बिस्तारै भन्नुभयो— “बाबु, एउटा बिन्ती छ। घरमा आफ्ना बाबा–आमा हुनुहुन्छ भने हप्तामा हरेक दिन नभए पनि एक–दुई दिन समय दिनु। शनिबार–आइतबार बिदा छ भने सँगै बसेर खाना खानु, दुई शब्द गफ गर्नु। कतै घुम्न जाँदै हुनुहुन्छ भने उहाँहरूलाई पनि लिएर जानु।”-पनि लेख्नु है. बुवाको आवाज भरिँदै गयो। “हामी बूढाबूढी मात्र बस्छौँ बाबु। कहिले भात गिलो हुन्छ, कहिले नुन पुग्दैन, कहिले भात नै डढ्छ, कहिले तरकारी डढ्छ। कहिलेकाहीँ दाल पनि पाक्दैन। उसकी आमा त कहिलेकाहीँ आँसु र भात मात्रै खाएर बस्छे।” उहाँ केही बेर चुप लाग्नुभयो। “उमेर बढ्दै जाँदा एक्लोपन पनि ठूलो रोग रहेछ बाबु। बरु सुगर लागोस्, प्रेसर लागोस्, थाइराइड लागोस्—जे लाग्ने लागोस्… तर यो एक्लोपनको रोग कसैलाई नलागोस्। यो पनि लेखिदिनु है बाबु।” मैले उहाँको कुरा सुन्दै केही शब्द लेखिदिएँ। अनि मैले भनेँ, “बाबा, अर्को पटक आउँदा छोरा, बुहारी र नातिनातिनीलाई पनि लिएर आउनु है।” बुवा मुसुक्क हाँस्नुभयो र भन्नुभयो— “हुन्छ बाबु। तर म एक्लै आएँ भने… उहाँहरू किन आउनुभएन भनेर चाहिँ फेरि नसोध्नु है।” उहाँ बाहिरिनुभयो। यस्ता कथा हाम्रो ओपीडीमा दिनहुँ दोहोरिन्छन्। धेरै बाबा–आमाहरू औषधि लिन आउनुहुन्छ, तर औषधिभन्दा बढी समय र साथको खोजीमा हुनुहुन्छ। हामी आफ्ना बाबा–आमाका लागि संसारका धेरै कुरा किन्न सक्छौँ। तर एउटा कुरा कहिल्यै किन्न सक्दैनौँ— उहाँहरूसँग बिताउन बाँकी रहेको समय। त्यसैले समय छँदै समय दिनुहोस्। सँगै बसेर खाना खानुहोस्। दुई शब्द गफ गर्नुहोस्। हात समातेर हिँड्नुहोस्। किनभने बाबुआमाको समय छुट्दै गइरहेको हुन्छ… र त्यो समय फर्केर आउँदैन। #drdmalla #fypdrdmalla #family #smile #happiness @Facebook @TikTok @instagram

Dipakmalla@diyarima
Dipakmalla@diyarima
Open In TikTok:
Region: NP
Friday 04 September 2026 03:01:10 GMT
774181
61082
3930
9322

Music

Download

Comments

radha__dhakal24
Radha__ Dhakal24 :
डाक्टर साँब आजकल त छोराको गाडीमा कुकुरलाई ठाउँ हुन्छ आमा बुबालाई बस्ने ठाउँ छैन।बिरामी हुदा उपचार गर्न हस्पिटल जान छोराबुहारीलाई समय हुदैन ।यस्तै छ यहाँको घर घरको कहानी 🙏🙏
2026-09-04 05:23:45
465
kanchha1708
kanchha :
पालो त सबैको आउछ ती हो ढिलो चांडो आउछ पालो
2026-09-05 02:07:41
166
saraswotirajbhand33
Saraswoti Rajbhandari33 :
सारै मन छुने कुरा हजुर 🌺🙏
2026-09-04 05:40:29
268
umeshthapa243
umeshthapa243 :
man xoyo Dr sahev 🙏
2026-09-06 12:01:34
1
user26548758011232
Ranu dc :
जय श्री कृष्ण
2026-09-07 06:57:33
5
bimaladhakal87
Bimala Dhakal :
के यती धेरै निष्ठुरी हुन सक्छन् होला आफ्ना छोरा छोरी?😭😭
2026-09-06 12:54:47
9
vidyaadhikari562
vidya adhikari :
साह्रै मन छुने र घत लाग्दाे यथार्थ डाक्टर बाबु👌👌👌👌👌
2026-09-04 09:00:27
75
12356789simple
SANU (simple) :
dr साब 🙏यो पीडा उहाँको मन भित्र राख्दा राख्दै अट्ने ठाउँ नभएर बाहिर पोखिएको हो hjr सग भन्नु भाको हो यदि त्यस्तो बाबा आमा हरु hjrko मा आउनु भयो भने hjr ले के ही हेल्प गरिदिनु होला पुण्य हुनेछ आशिष मिल्नेछ 🙏🙏 बिचरा 🥺 बाबा आमा को मन छोरा छोरी माथि छोरा छोरीको मन ढुङ्गा मुढा माथि भन्ने भनाइ यतिकै बसेको होइन नी🙏
2026-09-05 18:32:52
11
kumar.bohara
Kumar Bohara :
🙏♥️♥️♥️💯😁😁😁sahi xa hajur🙏
2026-09-06 13:16:58
1
devlalshrestha5
devlalshrestha5 :
यकदम सहि समाजसेबि टिकटक बनाउनु धेरै धेरै धननेबाद डकटर साहाब
2026-09-05 14:21:39
40
deepikagurung8719
Devika Gurung 30@ :
कुरो गम्भीर आयो डाक्टर साब यी कुरोले हजुरलाई छोयो मलाई छोयो अनि यी भिडियो हेर्ने सम्पुर्ण मानिसहरुलाई छोयो तर अठोर मन भएका छोराछोरीहरु र छोराबुहारीहरुलाई छोयो कि छोएन कुन्नी !! एस्ता दिन घुमेर हामीलाई पनि आउँछन पक्कै पृथ्वी गोलो छन् भनेर 🙏🌷
2026-09-05 00:15:57
42
kamalatimilsina5
Kamala Timilsina :
घर घरको काहानी डाक्टर साब अति मन छोयो🙏🙏🙏🙏🙏
2026-09-04 14:44:19
8
lalprasadgautam0
Gautam :
Sir good job
2026-09-07 04:35:47
1
bimala_karki_bhandari
Bimala Karki :
समाज मा यथार्थ यहि छ।
2026-09-04 05:43:26
39
dila.oli78
Dila oli :
कति पिडामा हुदा रहेछन उमेर ढल्किएका आमा बाबा हरु जिन्दगी छोराछोरी लाइ सुम्पिएर आफ्नो खुसिलाइ धरौटीमा राखेर आसै आसमा जिएका हुन्छन छोराछोरी लाइ के थाहा खाएकै छन बसेकै छन के थाहा ति छोराछोरीलाई तिनका बाआमा उनकै मायामा झुण्डिएका छन् भनेर।
2026-09-05 05:15:09
24
rabina.tamang901
Rabina Tamang :
🙏🙏🙏sir hjr
2026-09-06 13:07:53
1
maiya.nepali70
Maiya Nepali :
very nice
2026-09-07 05:29:13
1
mamitamoktan4
Mamita Moktan :
heart touching
2026-09-06 21:25:52
1
seshkumarineupane5
sesh kumari neupane :
🙏🙏🙏🙏सर हजुर लेकति मार्मिक छ सबैकाे काहानि हाे ❤️❤️❤️
2026-09-04 06:04:50
49
bkpd19
BKPD :
के यती धेरै निष्ठुरी हुन सक्छन् होला आफ्ना छोरा छोरी?
2026-09-04 05:32:59
83
janak.shrestha11
Janak kumar Shrestha :
सार्है मन छोयो हजुरको यो भिडियोले सर 🙏🙏🙏
2026-09-04 06:14:41
20
deepa.subba6
Deepa Subba :
आँसु आयाे कुरा सुन्दा डा साब 😭😭🙏
2026-09-04 05:43:32
33
user729517194043
Ram thapa magar :
यथार्थ कुरा हाे सर कता जादै छ हाम्रो समाज गाराे छ🙏
2026-09-04 09:13:51
17
indramaharjan8
Indra Maharjan :
Dr sab एकदम मारमिक कुरा सलाम छ हजुरलाई
2026-09-04 04:20:09
28
pravarai00
Prava Rai :
डाक्टर साब हामिलेत आमा बाबुलाइ अति रेस्पेक्ट गर्छौ सहर मा छौ छोराछोरिको उच्च सिक्ष्याको लागि बस्न बाध्य छौ आएर हामी सङ्गै बसिदिनुस्न कम्सेकम स्यहार सुसार बेलामा खानपिन को त ध्यान दिन सक्छौ अरु केही दिन नसके पनि भन्छौ तर गाउँ छोड्न मान्नुहुन्न आफू गाउँ गएर बस बाल बच्चा एता बिचल्ली यो अबस्थामा पनि गार्हो हुनेरहेछ 😥
2026-09-06 01:18:37
6
To see more videos from user @dr.dipakmalla, please go to the Tikwm homepage.

Other Videos


About