@chhiringsherpa14k: त्यहाँ न त पुल छ, न त सडकको पहुँच। त्यसैले उद्धार कार्य हेलिकोप्टरमार्फत सञ्चालन भइरहेको छ। कठिन परिस्थितिका बाबजुद सरकारी टोली, नेपाली सेना, नेपाल प्रहरी, पाइलट तथा स्वयंसेवकहरू दिनरात खटिएर प्रभावित नागरिकहरूको उद्धारमा लागिरहेका छन्। म स्वयं उद्धार कार्यमा संलग्न भएकाले भन्न सक्छु, सबै टोलीले आफ्नो शतप्रतिशत प्रयास गरिरहेका छन्। टाढाबाट हेर्दा उद्धार गर्न सजिलो जस्तो लाग्न सक्छ। तर घटनास्थलमै पुगेर काम गर्दा त्यहाँको अवस्था कति कठिन छ भन्ने थाहा हुन्छ। सबै उद्धार टोलीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छन्। यस कठिन समयमा खटिएका सम्पूर्ण उद्धारकर्मीहरूलाई हार्दिक सम्मान र धन्यवाद। #उद्धारअभियान #हेलिकोप्टरउद्धार #नेपालीसेना #आपतकालीनसेवा #नेपाल