@kadambarinarayan01: #foryou #rescue #rasuwa चमत्कार रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औं दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उ'द्धार गरिएको छ। नुवाकोट बिदुर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो। श्रेष्ठ अचेत अवस्थामा भेटिनुभएको थियो। उद्धारपछि उहाँलाई हेलीकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिलक ब्यारेक ल्याइँदैछ। प्रारम्भिक उपचार गरी आवश्यकता अनुसार थप उपचारका लागि उहाँलाई मैथिल ब्यारेकबाट काठमाडौं लगिनेछ #creatorsearchinsights #creatorinsearchinsight