त्रिशूली नदीमा लेदो सहितको भेलले दुइवटा बस बगाउदा हराएको बस खोज्न सुरक्षाकर्मीलाई चुम्बकको डल्लो र बास को घोचो दिएर खोज्न पठाउनेहरूले अहिले प्रविधिका बारेमा पाठ सिकाउँदै हिन्ने
2026-09-08 04:53:51
0
66.7 K Like :
३५ वर्षसम्म सत्ताको रजगज गरेर पनि देश र जनताको अवस्था बदल्न नसक्ने पुराना राजनीतिक शक्तिहरूले अब फेरि नयाँ नारा र पुरानै अनुहार लिएर जनतालाई भ्रममा पार्न खोज्नु विडम्बना हो। कुशासनलाई संस्कार बनाए, भ्रष्टाचार र बेथितिलाई संस्थागत गरे, बिचौलियालाई संरक्षण दिए र सत्ता तथा स्रोत–साधनमा पहुँच भएकाहरूको हितलाई प्राथमिकता दिए। जनताले रोजगारी, सुशासन, न्याय र विकास खोजिरहँदा उनीहरू कुर्सी, गुट र भागबन्डाको राजनीतिमा रमाइरहे।
३५ वर्षको शासन जनताका लागि उपलब्धिको इतिहासभन्दा बढी असफलता, निराशा र जवाफदेहिता विहीनको हिसाब बनेको छ।अब भाषणले विगत मेटिँदैन, नाराले असफलता ढाकिँदैन र अनुहार फेर्दैमा प्रवृत्ति फेरिँदैन।जनताले धेरैपटक अवसर दिए—तर पुरानाले जनतालाई के दिए?अन्तत जनताले आफ्नो मौन असन्तुष्टिलाई मतमार्फत व्यक्त गरे। यो केवल व्यक्ति वा पार्टीप्रतिको रिस होइन, वर्षौंको सत्ता दुरुपयोग, बेथिति र निराशा विरुद्धको जनमतको जवाफ हो।
अब प्रश्न ‘कसले कति वर्ष शासन गर्यो? होइन, ३५ वर्ष शासन गरेर जनताको जीवनमा के परिवर्तन ल्यायो? भन्ने हो।
त्यसको इमानदार हिसाब दिन नसक्ने पुरानो नेतृत्वले अब उपदेश होइन, आत्मसमीक्षा गर्ने तर्फ लाग ।नत्र फेरिअर्को जनमतले भित्तामै टासने पोस्टर बनाउन बेर छैन।
2026-09-08 12:44:36
0
Dhal Bahadur Pradhan :
😳😳😳
2026-09-05 12:22:50
0
To see more videos from user @hamrodevghat, please go to the Tikwm
homepage.