@deshbharkaakhabar: माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावासको टोलीले भेटेको छ। दूतावासको टोली शनिबार छाउनीस्थित सैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्ना नागरिकलाई भेटेको हो। टोलीले उनको स्वास्थ्य अवस्था तथा भइरहेको उपचारबारे अस्पतालसँग जानकारीसमेत लिएको छ। भोटेकोसीमा भदौ १० गते आएको बाढीका कारण उनी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका थिए। शनिबार सुरुङबाट उनको जीवितै उद्धार गरिएको थियो। उद्धारपछि उनलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल ल्याइएको हो। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ। दूतावासको टोलीले अस्पताल पुगेर उनको उपचार तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएको छ।