@japanexpresstv: जापानमा आँधीका कारण परेको भारी वर्षाले गर्दा टोकियो र आसपासका क्षेत्रहरूमा जनजीवन प्रभावित भएको छ। गृहमन्त्रालय अन्तर्गतको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार सेप्टेम्बर ७ तारिख बिहान ८ बजेसम्ममा टोकियो, चिबा, कानागावा र इबाराकी प्रान्तका विभिन्न क्षेत्रका ४ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। त्यसैगरी टोकियोको निजिमाका २,४०० भन्दा बढी मानिसका लागि आपत्कालीन अलर्ट जारी गरिएको छ। #foryouシ #japanupdate #japanexpressnews #tokyo #chiba