@kiratisampang3: घोराहीमा नगर स्तरीय फुटबल प्रतियोगिता हुँदै, फाइनलमा हर्क साम्पाङ आउने घोराही । दाङको घोराही उपमहानगरपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा घोराहीका १९ वटै वडाबाट एक–एक गरी १९ टोली र आयोजक श्रम संस्कृति पार्टीको एक टोली गरी कुल २० टोली सहभागी हुनेछन्। प्रतियोगिता नकआउट चरणमा सञ्चालन हुनेछ। प्रतियोगिताको फाइनल खेल आगामी असोज १८ गते हुने आयोजकले जनाएको छ। फाइनल खेलमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किराती सहभागी हुने बताइएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकाससँगै युवाहरूको खेलकुदप्रतिको आकर्षण बढाउन योगदान पुग्ने आयोजकको अपेक्षा छ।