@nepali.global.pat: FALL 2026 SESSION का कक्षाहरू छिट्टै सुरु हुँदैछन्! विदेशमा हुर्किरहेका हाम्रा बालबालिकाका लागि पाठशाला केवल नेपाली भाषा सिक्ने ठाउँ मात्र होइन, नयाँ कुरा सिक्ने, साथी बनाउने, आफ्ना विचार व्यक्त गर्ने र आत्मविश्वास बढाउने एउटा सुन्दर साझा थलो हो। यस पाठशाला तथा हाम्रा विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै गर्दा बालबालिकाले नयाँ ज्ञान तथा सीप सिक्नुका साथै बोल्ने बानी, आफ्ना कुरा स्पष्ट रूपमा व्यक्त गर्ने क्षमता, आत्मविश्वास र निडरता विकास गर्न सिक्छन्। साथै, साथीभाइसँग मिलेर काम गर्ने, पारिवारिक सम्बन्ध, आपसी सम्मान, सहयोग, अनुशासन र सामाजिक जिम्मेवारीको भावना समेत सिक्दै जान्छन्। यिनै साना–साना सिकाइले उनीहरूको व्यक्तित्व विकासमा ठूलो योगदान पुर्याउँछ। त्यसैले आफ्ना बालबालिकालाई छिट्टै नेपाली ग्लोबल पाठसाला संग जोडीदिनुहोस् । स्थान सीमित भएकाले समयमै दर्ता गर्नुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौँ। नेपाली समाज टेक्सस (NST) NST Global Nepali School – पाठशाला
Nepali Global Pathshala
Region: US
Monday 07 September 2026 14:44:22 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @nepali.global.pat, please go to the Tikwm
homepage.