@nepalese_in_bulgaria: बुल्गारियामा कम्पनी (Employer) फेर्न चाहने सबैको लागि महत्वपूर्ण अपडेट! 🇧🇬✨ EU को नयाँ Single Permit Directive समेटिएको बिल (५२-602-01-29) को सम्पूर्ण समितिगत प्रक्रियाहरू (Dossier) आधिकारिक रूपमा पूरा भइसकेका छन्। अगस्ट ३१ मा श्रम तथा सामाजिक नीति समितिले आफ्नो आधिकारिक रिपोर्ट पेश गर्दै पहिलो वाचनमा यो बिल पास गर्नुपर्ने स्पष्ट सिफारिस गरिसकेको छ भने सेप्टेम्बर ३ सम्ममा BIA, KNSB, UNHCR र FAR जस्ता प्रमुख संघसंस्थाहरूका आधिकारिक राय तथा सुझावहरू पनि दर्ता भइसकेका छन्। अब यो बिल संसदको मुख्य हल (Plenary Hall) मा पहिलो वाचन (First Reading) को एजेन्डामा पर्न तयार भएर बसेको छ। यसपछिको प्रक्रिया अनुसार: * संसदमा सामान्य बहिसँगै पहिलो वाचनको भोटिङ हुनेछ। * त्यसपछि संशोधनको समय (Amendment Period) रहनेछ। * दफावार छलफलसहित दोस्रो वाचनको चरण पूरा हुनेछ। * अन्त्यमा राष्ट्रपतिको हस्ताक्षर र स्टेट गजेट (Darzhaven vestnik) मा प्रकाशन हुने प्रक्रिया बाँकी रहन्छ। सबै कुरा यही गतिमा अगाडि बढेमा, अक्टोबर महिनाको अन्त्यसम्ममा यो कानुन पूर्ण रूपमा लागू हुने बलियो सम्भावना छ! 🚀 तपाईंहरू के कति बेला कम्पनी चेन्ज गर्ने सोचमा हुनुहुन्छ? कमेन्टमा भन्नुहोला! 👇