@gaganbudhaofficial: कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा गएको पहिरोले कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधनहरू अलपत्र परेका छन्।तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्गको गगने खोला खण्डमा जिल्ला प्रशासन कार्यालय कालिकोटले सुरक्षाकर्मी खटाएर अलपत्र यात्रुहरूलाई जोखिमपूर्ण तरिकाले पैदलै ओहोरदोहर गर्न सहयोग गर्नु सराहनीय छ। तर, सडक विभाग र सडक डिभिजन कार्यालयको बेवास्ताका कारण ठूला सवारीसाधनहरू अझै पनि अलपत्र छन् भने यात्रुहरूले सास्ती भोग्नुपरेको छ। जिल्ला प्रशासनको सक्रियता मात्रले समस्या समाधान हुँदैन; सडक डिभिजन कार्यालयले तत्काल डोजर र लोडरसहित प्राविधिक टोली परिचालन गरेर मुख्य सडक खुलाउन गम्भीर बन्नुपर्छ। सम्बन्धित निकायको यो लापरबाहीले कर्णालीका जनतालाई सधैँ सास्ती दिने गरेको छ। तत्काल सडक पन्छाइ आवागमन सहज बनाइयोस्।#gaganbudha #karnalihighway