@miami9864: बालोन डी'ओर मनोनयनमा मेस्सीको शानदार कम्ब्याक, बनाए अहिले सम्म कसैले बनाउन नसकेको रेकर्ड ! अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले बालोन डी'ओर मनोनयनमा कम्ब्याक गरेका छन्। विश्वकपमा शानदार प्रदर्शन पछि उनले सन् २०२६ को बालोन डी'ओर मनोनयनमा स्थान बनाएका हुन्। मेस्सी सन् २०२४ र २०२५ को बालोन डी'ओर मनोनयनमा परेका थिएनन्। बालोन डी'ओर दौडमा फिर्ता भएसँगै मेस्सीले एक दुर्लभ रेकर्ड समेत बनाएका छन्। मेस्सी बालोन डी'ओर को मनोनयनमा २० वर्षको अन्तर पूरा गर्ने इतिहासकै पहिलो खेलाडी बनेका छन्। मेस्सीले पहिलो पटक सन् २००६ को मनोनयनमा स्थान बनाएका थिए। त्यसयता सन् २०२२, २०२४ र २०२५ मा मात्रै मेस्सी बालोन डी'ओर मनोनयनमा परेनन्। कुल १७ पटक मनोनयनमा स्थान बनाउँदा मेस्सीले आठ पटक बालोन डी'ओर जितेका छन्।