@rabinakc2082: बजारमा ग्याँसको अभाव, पसलमा भेटियो बितरण नगरी राखिएको ४२ थान ग्याँस सिलिण्डर, अनुगमन टोली पुगेपछि ग्याँस बिक्रेता भन्छन हामीकहाँ ग्याँस लिनै कोहि आएका छैनन, आएमा तत्काल दिन्छौं । तारकेश्वर नगरपालिकाको बजार अनुगमन टोलीले गर्यो पसलमा सिल काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ चिसापानीमा आवश्यक अनुमति र कानुनी प्रक्रिया पूरा नगरी ग्याँस सिलिन्डर बिक्री–वितरण भइरहेको भेटिएपछि नगरपालिकाले उक्त स्थानमा सिलबन्दी गरेको छ। तारकेश्वर नगरपालिकाको अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा बिक्रीका लागि राखिएका ४२ वटा ग्याँस सिलिन्डर फेला पारेको थियो। ग्याँसजस्तो संवेदनशील तथा जोखिमयुक्त वस्तुको बिक्री–वितरणका लागि आवश्यक अनुमति, सुरक्षा मापदण्ड र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भए पनि सम्बन्धित स्थानमा ती प्रक्रिया पूरा नगरी कारोबार भइरहेको पाइएपछि नगरपालिकाले तत्काल कारबाही अघि बढाएको हो। अनुगमनका क्रममा ग्याँस बिक्री–वितरणका लागि आवश्यक अनुमति, सुरक्षा व्यवस्थापन, भण्डारणको अवस्था तथा उपभोक्ताको सुरक्षासँग सम्बन्धित विषयमा समेत निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ। अनुगमन टोलीमा तारकेश्वर नगरपालिका अनुगमन समिति, तारकेश्वर चेम्बर अफ कमर्सका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी तथा सञ्चारकर्मी सहभागी थिए। टोलीले निरीक्षण गर्दा बिक्रीका लागि राखिएका ४२ वटा सिलिन्डर भेटिएपछि अनुमति तथा आवश्यक प्रक्रिया पूरा नगरेको पाइएकाले उक्त स्थानमा सिलबन्दी गरिएको हो। नगरपालिकाले थप आवश्यक प्रक्रिया पूरा गरी कानुनबमोजिम कारबाही अघि बढाउने जनाएको छ। सिल गरिएको डिपोमा भोली नगरपालिकाले समन्वय गरेर ग्याँस अभाव भएका सर्वसाधारणका लागि बितरण गर्ने जनाएको छ । तारकेश्वर नगरपालिकाले अनुमति बिना सञ्चालन भइरहेका तथा उपभोक्ताको स्वास्थ्य र सुरक्षामा असर पार्न सक्ने व्यवसायिक गतिविधिमाथि आगामी दिनमा समेत नियमित अनुगमनलाई निरन्तरता दिने अनुगमन समितिका सदस्य एवं तारकेश्वर नगरपालिकाका अधिकृत भुपेन्द्रसिंह बडालले बताए । #follower #anugaman #follower #foryoupageシ #anugaman *news from sagarmatha post
Rabina k.c
Region: NP
Thursday 10 September 2026 04:40:59 GMT
Music
Download
Comments
Deandu Lungba :
medical college attar khel tira tw 2750 linxa tw ho
2026-09-12 03:38:38
2
Sirjana Baduwal :
खुब दियौ अस्ति म जादा नदियको हो 😭
2026-09-11 09:37:41
173
Muna Lama🌺 :
sara sara galat xa yeslie karbie garnu parxa
2026-09-13 16:12:28
0
anitagrg303 :
Hamro tira ni teital xa dina khojdaina
2026-09-13 15:33:55
0
sita_gueung3 :
रासन खाने लाई मात्र दिन्छ यस्ता लाई पनि कार्बाही गर्नु पर्छ
2026-09-11 07:08:33
183
Nirmala Singh :
वनस्थली तिर पनि हेर्न परयो ❤️कालो बजार भएको छ
2026-09-10 12:17:48
155
🙈नाम्दुङ१७🙉 :
Tara kati paya pasalle ta jaha Bata rasan khanxa tyahi khojna jau vanxan 😥😥
2026-09-10 17:37:14
21
Netra Thapa235 :
sarkhar not listen them words.only take action them
2026-09-13 14:46:18
0
Antiq Lama :
sil garney haina aba dekhi jasley pani gyas lyayera bechnu pau nu parxa ani sahag hunxa baru bechnu gyas navako lie
2026-09-12 01:23:13
0
Binod Yadav :
कालोबजारी हो यो। कार्वाही हुनु पर्यो।
2026-09-11 00:57:35
88
Ansuma :
यो रासन बेच्नीहरुले यति सारो हेप्छ्न कि! रासन खानीलाई मात्र दिने हो भनेर ग्यास नै दिदैनन !
2026-09-10 17:54:35
68
Chandra Kala Poudel :
सबै झूट हो बोलेको कसैले दीदैनन ग्या स सही गर्नूभो सर 🙏🙏🙏🙏🙏🙏
2026-09-11 05:44:04
53
Ma Ta Timrai Hoon :
आए पनि दिनु पर्यो नि त ग्यास त्यो पसल लाई कारबाही गर्नुपर्यो। 🙏🙏🙏
2026-09-11 01:49:29
26
freestyle@/ :
पक्कै एमाले होला घर
2026-09-11 02:37:00
29
N👩❤️👨S👼S🥰😄😍 :
if anyone charging more than government price for gas just make video and show to police
2026-09-12 12:28:21
1
RND :
यि नानि पक्कै एमाले लाइ भोट हाल्ने हुनुपर्छ।
2026-09-11 11:15:47
7
Archukarki<3 :
गफ राम राम
2026-09-10 14:46:06
15
🌋💪 :
हात्ती गौडा देखी राम मन्दीर जाने बाटो को किराना पसल मा पनि अनुगमन गर्नु पर्यो !
2026-09-13 08:19:26
7
𝓛𝓲𝓵𝓪𝓶 𝓫𝓪𝓼𝓷𝓮𝓽 :
कालोबजारी बिचौलिया कति बलियो बनाएको रहिछ त नेपालमा एउटा मन्त्रीले नियन्त्रण गर्नु नसकेर राजिनामा दिनु बाध्य भयो
2026-09-11 05:42:29
8
Ganesh Thapa :
के नातक हो
2026-09-10 16:02:41
10
Anu rai. :
hoin hoin rasan khanxouvabe dinxu natra dinna vanxa iniharule
2026-09-10 18:28:46
7
Radio rajan@ :
टोल टोल मा डिलर को छेउछाउ मा बुझ्यो भने सब ग्यास निस्किन्छ लुकायर राखेको सिलिण्डर कति छ कति सान्तिनगर प्रयागमार्ग चोक मा 3 वोटा डिलर छ 500 लिन्छ साटेको नत्र दिदैन अनुगमन गर्नु पर्यो नि यता पनि
2026-09-11 12:08:36
5
❤️@sarika❤️ :
ग्यास लुकाएर बेच्नेलाई त पाँच लाख रुपैयाँ जरिमाना लगाउनुपर्छ सरकारले
2026-09-11 15:03:57
1
Nepal bishal :
नाटक
2026-09-12 12:37:32
1
To see more videos from user @rabinakc2082, please go to the Tikwm
homepage.