@dharamrajak2: जब डिभिजन वन कार्यालय ल्याइएको चितुवा फुत्कियो... लमजुङमा उद्धार गरी बेंसीसहरस्थित डिभिजन वन कार्यालयमा ल्याइएको चितुवा बिहीबार अपराह्न फुत्किएपछि बजार क्षेत्रमा त्रास फैलिएको छ। चितुवा नियन्त्रणमा लिने क्रममा वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका छन्। चितुवा फुत्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीमा डर र त्रास बढेको छ। भिडियोः आश गुरुङ, लमजुङ