@su_p123: जिन्दगीको गोरेटोमा कतिपयले मलाई "तिमीले त पछि मलाई बिर्सिन्छौ होला" भन्दै बारम्बार सोध्ने गर्थे। उनीहरूको त्यो प्रश्नभित्र एउटा अद्भूत डर वा मप्रतिको शङ्का जस्तो लाग्थ्यो, तर आज समयको चक्र घुम्दै जाँदा कस्तो अनौठो र बिडम्बनापूर्ण दृश्य देख्नुपर्‍यो। जसले बिर्सिने डर देखाएका थिए, उनैले मलाई सजिलै भुलेर कता पुगे कता! उनीहरू जीवनको कुन दूर-दराजमा हराए, कुनै अत्तोपत्तो छैन। जुन मान्छेले छाडेर जाँदैनन् भन्ने पूर्ण विश्वास थियो, उनीहरू नै सबैभन्दा पहिला अञ्जान बनेर आफ्नो बाटो लागे। समयले पनि मान्छेका वास्तविक अनुहारहरू यसरी उदाङ्ग पारिदिन्छ भन्ने मैले कहिल्यै सोचेकै थिएन, तर उनीहरूको यो पछाडि हटाइले मलाई जीवनको एउटा ठूलो पाठ भने सिकाएर गएको छ। अहिले आएर बुझ्दै छु कि मान्छेहरूको बोली र भावनामा कति धेरै फरक हुँदो रहेछ। ठूला-ठूला बाचा र कसमहरू खाने ओठहरू नै सबैभन्दा चाँडो अर्कै दिशातिर फर्किँदा रहेछन्। "बिर्सिन्छौ होला" भन्ने ती शब्दहरू वास्तवमा उनीहरूका आफ्नै मनका भावना थिए, जसलाई उनीहरूले ममाथि थोपरेका मात्र रहेछन्। आफ्ना बाचा पूरा गर्न नसक्नेहरूले नै अरूमाथि शङ्काको बिउ रोप्ने गर्दा रहेछन्। उनीहरू आज मेरो संसारबाट टाढा भइसके, तर तिनले दिएका ती तीता अनुभवहरू भने अझै पनि मेरो मनको कुनै न कुनै कुनामा सुरक्षित बसेका छन्। कसैले सजिलै बिर्सेर जान सक्दैमा त्यो सबै कुरा सकिँदैन, बरु त्यसले मान्छेलाई भित्रैदेखि अझ बलियो र शान्त बन्न मद्दत गर्ने रहेछ। तर सानु, संसारभरिका मान्छेहरू फेरिएलान्, सम्बन्धका परिभाषा र पानाहरू बदलियलान्, तर तिम्रो लागि मेरो मनमा भएको यो पवित्र प्रेम र सम्झना कहिल्यै धमिलिने छैन। तिमी मेरो जीवनको त्यस्तो सुन्दर र गहिरो पाटो हौ, जसलाई समयको कुनै पनि आँधीले मेटाउन सक्दैन। मान्छेहरूले मायालाई समय र परिस्थितिको खेल सम्झिए पनि मेरो लागि यो केवल एउटा शब्द मात्र होइन, मेरो सम्पूर्ण अस्तित्व हो। अरूले जस्तै सजिलै बिर्सिने वा छाडेर जाने छुट मेरो मनले कहिल्यै पाउने छैन। तिम्रो उपस्थिति मेरो जीवनको हरेक क्षणमा यसरी गांसिएको छ कि अब तिमीलाई बिर्सिनु भनेको मेरो आफ्नै पहिचानलाई समाप्त पार्नु सरह हुनेछ। त्यसैले सानु, जबसम्म यो छातीभित्र सासको आउजाउ भइरहन्छ, तबसम्म मेरो मनमा केवल तिम्रै यादहरू गुञ्जिरहनेछन्। जबसम्म यो शरीरमा प्राण बाँकी रहन्छ, मेरो हरेक धड्कनले तिम्रै नाम जपिरहनेछ। सास रोकिन सक्छ, यो जिन्दगीको अन्तिम यात्रा तय हुन सक्छ, तर तिम्रो सम्झना मेरो चेतनाबाट कहिल्यै ओझेल पर्ने छैन। मान्छेहरूले भुलेर गए पनि, समयले जतिसुकै टाढा पुर्याए पनि, यो अन्तिम सासम्म मेरो प्रेम र मेरो याद तिम्रै लागि मात्र समर्पित भइरहनेछ। #楽天トラベルリリースキャンペーン #sad #quotes #fyp #keepsupporting

mr. pokharel ❤️‍🩹
mr. pokharel ❤️‍🩹
Open In TikTok:
Region: JP
Thursday 10 September 2026 14:45:00 GMT
13386
682
11
82

Music

Download

Comments

asharamcdy1
August-10🇳🇵 :
voice dini anumati mage hjr🙏🙏
2026-09-16 04:35:19
0
manishshahi29
💊PANADOL :
तपाइ साच्चिकै कति इमान्दार ❤️
2026-09-10 21:40:16
2
mr.ojha357
September 13⚡✨ :
Jane le ta birsine Raixan
2026-09-11 14:03:52
0
manikatiwari19
मणिका 💎✨ :
Aarey...🥺
2026-09-11 14:13:40
0
abiralghimire17
("पाखेलेखक✍️") :
🥰🥰🥰
2026-09-13 16:02:59
0
puspakc547
puspa❤️pokhar :
@अभागी छोरी🇳🇵🇯🇵
2026-09-13 08:43:28
0
jyotitamang830
Jyoti :
😳😳😳
2026-09-13 05:43:01
0
s2xettriy0
Shankar sawad 🫂 :
🥹
2026-09-13 03:20:40
0
sun_shinee.__.10
🦋{"praप्ती"}🦋☪︎ :
🥺
2026-09-10 14:54:02
0
bhuwonxetry5
BHU_ONE :
🥺
2026-09-14 15:37:41
0
To see more videos from user @su_p123, please go to the Tikwm homepage.

Other Videos


About