@ssquare.precarious: बाआमाका लागि सन्तान सधैं सानो नै हुँदो रहेछ। ❤️ आज पनि मेरी आमालाई मेरो दाह्री राखेको मन परेन। बुबाको मुख हेर्ने औँसीको दिनमै बाआमाबाट गाली पनि खाइयो। 😄 तर धेरै दिनपछि बाआमाबाट गाली खाँदा पनि मनभित्र कताकता हाँसो आयो किनकि उहाँहरूको गालीमा पनि माया लुकेको हुन्छ। ❤️ सन्तान जतिसुकै ठूलो भए पनि बाआमाको नजरमा ऊ सधैं त्यही सानो बच्चा नै हुँदो रहेछ। यही माया, यही गाली र यही साथ नै त जीवनको सबैभन्दा ठूलो खुसी रहेछ। 🙏❤️ Love you, आमा र बाउ। सधैं यस्तै माया, आशीर्वाद र साथ दिइरहनु। ❤️🙏 Happy Father's Day, बाउ! ❤️#happyfathersday #chitwan_muser #nepalitiktok