@rk_gupta4: यो तस्वीर भाद्र २३ र २४ गतेको हो। जुनबेला नेपालकै इतिहास यो समयले रचेको छ। जेन्जी आन्दोलन यो केवल आन्दोलन थिएन एउटा परिवर्तनको ठूलो लहर थियो। यो लहरमा हामी शान्तिपूर्ण आन्दोलन गरेकै हो। कसैको धनजनको क्षति गरेनौ कसैको बेइज्जत कसैको चरित्र हत्या गरेनौ। देशको हक हितको लागि समर्पित भएर शान्तिपूर्ण आन्दोलन गर्यौ। त्यसमा सहिद हुनुभएका वीर योद्धा नेपाली दाजुभाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । त्यो केवल जान गुमाउनुभएको थिएन। देशको लागि ठूलो योगदान गर्नुभएको थियो। उहाँहरूको योगदान हामी खेर जान दिनु हुँदैन। हामी सबै एक भएर नेपाललाई कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरामा कार्ययोजना डिस्कस गर्नुपर्छ। यो होइन कि उसको खुट्टा कसरी तान्ने उसलाई कसरी पछाडि तान्ने यो गर्ने उसले त्यो गर्ने भन्ने चिजमा डिस्कस गर्नु हुँदैन । हामी नेपाली गोर्खाली हौँ। देशको हक हितमा र देशका लागि पाइला चाल्नुपर्छ यो होइन कि विनाशको लागि ।