@bablupatel920: #प्रतिबद्धता_पूरा_गर्दै_आदरणीय_सभापति_गगन_कुमार_थापा श्रद्वेय पार्टी सभापति आदरणीय गगन कुमार थापा ज्यूले चुनावी अभियानका क्रममा गर्नुभएको वाचा पूरा गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको छ। सर्लाही–४, बलरा–१० निवासी दलित समुदायका आर्थिक अवस्था निकै कम्जोर एवम विपन्न वर्गका सुरेश पासवानज्यूकी सुपुत्री अमृता कुमारी पासवानलाई PCL Nursing अध्ययनका लागि Gyan Batika Institute of Technical & Medical Science Pvt. Ltd., परवानीपुर–५, बारा मा भर्ना गराई कलेज तथा होस्टलमा लाग्ने सम्पूर्ण शुल्कबापत रु. ४,४५,००० (चार लाख पैंतालीस हजार रुपैयाँ) एकमुष्ट भुक्तानी गरिसकिएको जानकारी गराउन चाहन्छौँ।