@rabindramishra.official: फिनलण्डमा नेपाली समुदाय सानो छ तर साह्रै परोपकारी छ। अहिलेको विपदमा हेल्प नेपाल नेटवर्कले गरिरहेको कामबाट प्रभावित भएर फिनलण्डस्थित हेल्प नेपालका शुभेच्छुकहरूले एकदमै छोटो समयमा रू ६ लाख ३२ हजार पठाएका छन्। अनुप महर्जन तथा रचना महर्जनले हेल्प नेपालको अफिसमैँ गएर सो सहयोग हस्तान्तरण गर्नुभयो। तीन वर्ष पहिले सन् २०२३ मा पनि फिनलण्डवासी नेपालीले हेल्प नेपाल नेटवर्कको धुलिखेलस्थित बाल आश्रयका लागि रू १४ लाख संकलन गरेर पठाएका थिए। त्यसअघि सन् २०१५ को भुकम्पको समय पनि उनीहरूको सहयोग उल्लेख्य रह्यो। सबैलाई जीवनभर सुखले खान पुगोस्, खुशीले दिन पुगोस्! #HELPNEPALNetwork promotes #PracticalPhilanthropy (#व्यावहारिकपरोपकार) among Nepalis around the world.