@rabindramishra.official: यस्तो "वाहियात" सल्लाह दिने पूर्वाधारविज्ञ को होला? म पूर्वाधारविद् होइन तर काठमाडौंजस्तो ऐतिहासिक र सांस्कृतिक शहरको 'कोर एरिया' मा पार्किङको थप व्यवस्था गरेपछि ट्र्याफिक बढेर झन ट्र्याफिक व्वस्थापन सहज होला कि कठिन? यति बुझ्न विज्ञ हुनु पर्दैन। काठमाडौंको कोर एरियालाई पैदलयात्री र सार्वजनिक यातायात मैत्री बनाएर, कतिपय ऐतिहासिक योरोपेली शहरहरूमा जस्तै, त्यहाँ प्रवेश गर्ने निजि गाडीहरूलाई थप कर लगाउने कि कोर एरियामा अझ ट्र्याफिक जाम बढाउने? अनि मेट्रो रेलका बारे कहिले सोच्ने? कि आजभन्द २० वर्षपछि पनि काठमाडौंलाई यसैगरी व्यवस्थापन गर्ने सोच छ? जे पनि तदर्थतामा चलाइदिने? खोलाछेऊ वस्ती। कृषीभूमीमा वस्ती। मन्दिर छेक्ने बहूतले घरहरू। मूलबाटो छेऊ ऐतिहासिक वास्तुकलाहीन भवनहरू। दूरदृष्टिहीन योजना। तीनफुटे फुटपाथ। बाह्रफुटे बुद्धी। हे भगवान हाम्रा पूर्वाधारविदहरूलाई सदबुद्धी देऊ! फेरि भनौँ -- शिक्षा-स्वास्थ्य नीति विग्रियो भने सुधार्न सकिन्छ। पूर्वाधार नीति बिग्रियो भने त्यसले सदियौँका लागि हानी गर्छ।

Rabindra Mishra
Rabindra Mishra
Open In TikTok:
Region: NP
Sunday 13 September 2026 15:17:15 GMT
5525
88
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @rabindramishra.official, please go to the Tikwm homepage.

Other Videos


About