@breath.of.nature_101: कालिकोटको खाँडाचक्र नगरपालिका–७ स्थित पिली दशवर्षे सशस्त्र द्वन्द्वको महत्वपूर्ण युद्धस्थल हो। २०६२ साउन २३ गते यहाँ तत्कालीन शाही नेपाली सेना र माओवादी लडाकुबीच भएको भीषण भिडन्तमा १०३ जनाको मृत्यु भएको थियो। उक्त घटनाको इतिहास, युद्धका स्मृति तथा द्वन्द्वकालीन सामग्री संरक्षण गर्ने उद्देश्यले पिलीलाई युद्ध पर्यटनको गन्तव्यका रूपमा विकास गर्न थालिएको हो। कर्णाली प्रदेश सरकारले आ.व. २०७६/७७ देखि बजेट विनियोजन गर्दै युद्ध सङ्ग्रहालय, पैदलमार्ग, भ्यु टावर, प्रवेशद्वारलगायत संरचना निर्माण अघि बढाएको छ। सङ्ग्रहालयले पिली युद्धको इतिहासलाई भावी पुस्तासम्म पुर्याउने महत्वपूर्ण भूमिका खेल्छ। #explorenepal🇳🇵 #explorekarnali #goviral #fypシ #foryou