Ramkrishna Sharma :
इतिहासका पुराना पृष्ठहरू पल्टाएर हेर्ने हो भने एउटा दुःखद सत्य पाना-पानामा पोखिएको भेटिन्छ पुरुषहरूले सधैं आफ्नो प्राणभन्दा प्यारा, मन परेका स्त्रीहरूलाई गुमाएका छन्। चाहे त्यो कुनै ठूलो युद्धको मैदान होस् वा जीवनको मौन यात्रा, प्रेमको अन्तिम मोडमा पुगेर पुरुषले केवल रित्तो हात र अधुरो सम्झना मात्र सम्हाल्नु परेको छ। आफूले दिलैदेखि चाहेकी, जसलाई आफ्नो संसार मानेको थियो, उसैलाई छाडेर वा गुमाएर अगाडि बढ्नुपर्ने नियति पुरुषको जीवनमा एउटा कहिल्यै नमेटिने दाग बनेर बसेको छ। मनभित्र अथाह प्रेम हुँदाहुँदै पनि समय, परिस्थिति वा आफ्नै कमजोरीका कारण आफूले संसारकै सबैभन्दा प्रिय ठानेको मान्छेलाई गुमाउनुको पीडा इतिहासले हरेक युगका पुरुषहरूलाई गहिरोसँग चखाएको छ।
अर्कोतर्फ, स्त्रीहरूको कथा झनै करुणादायी र अधुरो लाग्छ उनीहरूले त कहिल्यै सोचेजस्तो, मनले खोजेजस्तो ढंगको राम्रो मान्छे पाएकै छैनन्। एउटी स्त्रीले आफ्नो सम्पूर्ण जीवन, सपना र भावनाहरू जुन मान्छेको नाममा सुम्पिने कल्पना गर्छिन्, त्यो पूर्णता उनीहरूले जीवनभर पाउन सक्दैनन्। जसलाई उनीहरूले आफ्नो सम्झेर अँगाल्छन्, कतै न कतै त्यो मान्छे उनीहरूको सोच र भावनाभन्दा धेरै टाढा निस्कन्छ। सम्झौता, अपेक्षा र अधुरा आशाहरूकै बीचमा स्त्रीको जीवन बित्छ; उनीहरूले खोजेको त्यो पूर्ण, बुझ्ने र निश्चल माया दिने मान्छे केवल उनीहरूको सोच र कल्पनाको पानामा मात्र सीमित भइदिन्छ।
यी दुवै सत्यलाई एकै ठाउँमा राखेर हेर्दा लाग्छ, यो सृष्टि नै प्रेमको अधूरापनमा अल्झिएको छ। पुरुषहरू जसलाई पाउन आफ्नो सर्वस्व अर्पण गर्न तयार हुन्छन्, उसैलाई गुमाएर जीवनभर एउटा गहिरो शून्यतामा बाँचिरहेका हुन्छन्; भने स्त्रीहरू जसको साथमा आफ्नो पूर्ण संसार देख्छन्, त्यहाँ कहिल्यै सोचेजस्तो गहराई र पूर्णता भेट्दैनन्। एकातिर पाएर पनि गुमाउनुको छटपटी छ भने अर्कोतिर पाउनै नसक्नुको मौन रोदन। प्रेमको यो कस्तो अनौठो र निष्ठुरी खेल हो, जहाँ दुवै पक्ष उस्तै रित्ता छन्, उस्तै अधुरा छन्, तर पनि जीवनको बाटोमा एक-अर्कालाई खोज्दै हिँड्न बाध्य छन्।
सायद प्रेमको असली अर्थ नै यही अधुरोपनमा लुकेको छ कि? यदि पुरुषले आफ्नो मनपर्ने स्त्रीलाई सजिलै पाएको भए र स्त्रीले पनि आफ्नो कल्पना अनुसारकै पूर्ण मान्छे भेटेको भए, इतिहासका यी मीठा र दर्दनाक प्रेमकथाहरू कहिल्यै लेखिने थिएनन् होला। गुमाउनुको पीडाले पुरुषलाई भित्रभित्रै पगालेर परिपक्व बनाउँछ भने, सोचेजस्तो नपाउनुको व्यथाले स्त्रीलाई धैर्य र सहनशीलताको अनौठो उचाइमा पुर्याउँछ। जीवनका यी दुई ठूला विडम्बनाहरू नै वास्तवमा मानव हृदयका सबैभन्दा मनछ
2026-09-15 16:06:07