@dipasimkhadaofficial: D-Story को Episode 8 “प्रिय इन्द्रेणी” आइसकेपछि मेरो inbox यस्तै धेरै मेसेजहरूले भरियो।म महिलालाई नै प्रेम गर्छु, तर मेरो परिवारलाई भन्न सकेको छैन। म पुरुष हुँ, मलाई पुरुष नै मन पर्छ, तर परिवारले स्विकार्नुहुन्न ।म यस्तो Gay हुँ भन्ने कुरा आफैँले पनि बुझ्न सकेको थिइनँ। मलाई लाग्थ्यो, मलाई कुनै समस्या छ कि? मेरो परिवारले नबुझिदिएर मेरो महिलासँग विवाह भयो। आज हामी सँगै छौँ, तर मेरो वास्तविकता अझै भन्न सकेको छैन। अनि परिवार र समाजले आफुलाई नबुझेर मलाई बुझ्दैन Depression मा पुगेको कुरा लेख्नुभयो । यी मेसेजहरू पढेपछि मलाई लाग्यो अधै यो कुरा समाजले बुझ्न जरुरी छ त्यसैले लेख्दैछु । यो चिठी समाजका लागि पनि हो, र मेरो प्रिय इन्द्रेणीहरूका लागि पनि। इन्द्रेणी किन? किनकि इन्द्रेणीमा धेरै रङ हुन्छन् । हाम्रो LGBTQ+ समुदायको झण्डाको प्रतीक पनि त यही इन्द्रेणी नै हो । फरक-फरक रंगहरू एकै ठाउँमा हुँदा संसार जति सुन्दर देखिन्छ, यो समाजमा फरक भावनाका मान्छेहरू हुँदा पनि त जीवन त्यत्तिकै सुन्दर हुनुपर्ने होइन र? समलिंगी हुनु, तेस्रो लिंगी वा ट्रान्सजेन्डर हुनु कसैको सनक वा फेशन होइन। उनीहरूको जन्म नै त्यसरी भएको हुन्छ। सोच्नुस् त ज्यान महिलाको छ, तर पुरुषको भावना लिएर बाँचिरहनु वा ठीक उल्टा हुनु कस्तो अद्भूत र unique कुरा हो! उनीहरू सामान्य मान्छेभन्दा धेरै फरक र अति नै Special हुन्। यति थोरै संख्यामा प्रकृतिको यो विशेष रूप लिएर जन्मिनु भनेको extra beauty हो न कि कुनै कमजोरी वा अपराध। हामीले यही फरक कुरालाई लिएर कसैलाई “छक्का” भन्छौ , गाली गर्छौ, हाँस्छौ, ट्रोल गर्छौ। उहाँले बिहान उठेर आजबाट म यस्तो हुन्छु भनेर रोज्नुभएको हो र? उहाँको त जन्म नै यस्तो हो नि । तपाईलाई जसरी प्रेम हुनु स्वाभाविक लाग्छ, उहाँहरूलाई पनि आफ्नो प्रेम त्यत्तिकै स्वाभाविक लाग्छ। एउटी lesbian छोरीलाई नबुझेर जबर्जस्ती पुरुषसँग विवाह गराउँदा उनको मात्र जीवन बिग्रिदैन, त्यो पुरुषको जीवन पनि बिग्रिन्छ। त्यस्तै, कुनै gay छोरालाई नबुझेर जबर्जस्ती महिलासँग विवाह गराउँदा दुईवटा जीवन प्रभावित हुन्छन्। त्यसैले प्लीज, कसैलाई उसको पहिचानका लागि दोष नदिनुहोस्। उसको प्रेमका लागि गाली नगर्नुहोस्। प्रिय इन्द्रेणी, तपाई फरक हुनुहुन्छ। तर फरक हुनु गलत हुनु होइन। आफ्नो पहिचानसँग नडराउनुहोस्। समाजको डरले आफूलाई हराउनु नपरोस्। इन्द्रेणी सुन्दर हुन एउटा रङ मात्र भएर पुग्दैन। हरेक रङलाई आफ्नो ठाउँ दिएपछि मात्रै इन्द्रेणी बन्छ र फरक रङ भएको कारण इन्द्रेणीलाई गाली पनि गरिँदैन उल्टै हेर्न हतार गर्छौ आहा कति राम्रो भन्छौ नि हो त्यसैगरीनै फरक भावना बोकेका LGBTQ मा पनि सुन्दरता देख्न सिकौँ। 🌈 🌈 ✍️ Dipa Simkhada #wordsbydipa #dipasimkhada

Dipa Simkhada
Dipa Simkhada
Open In TikTok:
Region: NP
Tuesday 15 September 2026 13:45:30 GMT
547502
44905
655
435

Music

Download

Comments

dontwastetime31
❤️🙏❤️ :
केटिलाइ केटिले माया गरेपनि केटाले केटालाई माया गरेपनि आखिर माया माया नै हो यो लिङ्ग हेरेर गरिदैन।
2026-09-15 14:05:51
181
hair.makeupbyprab
11:11 :
Right1
2026-10-10 12:38:19
0
raja.sanam09
राजा सनम :
प्रेम नारी र पुरुष बिच मात्र हैन प्रेम त केवल ब्यक्ती ब्यक्ती बिच हुने सम्बन्ध हो यसलाइ कु दृष्टिले हेर्ने नजर गलत हो प्रेम गर्ने ब्यक्ती गलत होइन 🙏Proud Of LGBTQ 🙏🌈❤️❤️👩‍❤️‍👨🌈🌈
2026-09-16 03:44:19
33
ansuu072
𝗠𝗿.₍ᐢ..ᐢ₎♡🅰️𝗡$𝗨𝗨✨🏳‍🌈 :
proud to be LGBTQ 🏳️‍🌈🏳️‍🌈🌈😎
2026-09-15 17:44:00
14
arnabidhungana
Arnabi 👸🇳🇵 :
भाग्यले जोडी मिलाउँछ होला,तर सम्बन्धलाई सुन्दर बनाउने काम विश्वास,धैर्य र नि:स्वार्थ मायाले गर्छ चाहे त्यो केटा होस या केटि… माया त माया हो नी🌸🙏♥️
2026-09-15 17:47:53
36
its_me_roshni9
तुला राशि 🙋‍♀️ :
एइटै होनि तर यो समाजले कहाँ बुज्छ र 🥰😭🙏
2026-09-16 06:46:12
8
0ooyimor
Romiyoo0siluwal 🔥 :
LGBTIQ समुदायलाई बुझिदिनुभएकोमा दिपा म्यामप्रति हृदयदेखि नै धेरै–धेरै धन्यवाद। ❤️🙏 हाम्रो भावना, पहिचान र संघर्षलाई सम्मान गरेर साथ दिनुहुने तपाईंप्रति सधैं आभारी रहनेछु। 🏳️‍🌈❤️
2026-09-17 09:09:06
11
kusumkhadka08
SANA-KALI❤️🌈 :
proud of LGBTQ🏳️‍🌈🏳️‍🌈
2026-09-16 03:06:00
3
bibek.magarofficial
Bibek Magar :
right 🥺❤️🫀
2026-09-28 04:58:29
1
tutakoman81
l💞💞💞💞 :
proud to be
2026-09-16 05:05:32
1
laxuu214
𝐒𝐨𝘂𝗹🧿❤️‍🩹 :
जोडी भाग्यले बनाउँछ, तर जीवनभर साथ दिने सम्बन्ध विश्वास र सम्मानले टिकाउँछ। माया जहाँ साँचो हुन्छ, त्यहाँ अरू केही चाहिँदैन। ❤️
2026-10-03 04:51:59
1
sarusharmagautam
Saru Sharma Gautam :
हाम्रो सोच बद्लौ त्यसपछि हाम्रो समाज आफै बदलिन्छ।❤️❤️❤️
2026-09-16 02:05:00
8
rekha.sunar111
Rekha(✿◠‿◠) :
❤️❤️❤️❤️big fan hjr ko Buda ko ma ra Halna did ko pani big fan hi ma🥰🥰
2026-09-30 18:58:59
1
sonikamagara0
Muskan @ :
😢😢😢D stori 8 best
2026-09-16 10:30:58
3
perfectsuse
perfect suse🐅 :
“प्रिय इन्द्रेणी” का यी शब्दहरूले मेरो आफ्नै जीवन छोएजस्तो लाग्यो। 🥺🌈 समाजले नबुझेका कुरा बोकेर, आफ्नै पहिचानसँग संघर्ष गर्दै बाँच्नुको पीडा हामीले भोगेका छौँ। तर अन्ततः पहिचानभन्दा ठूलो कुरा मानवता हो, अनि सम्बन्धभन्दा ठूलो कुरा साँचो भावना। मानिस जुनसुकै पहिचानको होस्, उसलाई चाहिने भनेकै बुझ्ने मन र निस्वार्थ माया हो। ❤️माया मनबाट हुनुपर्छ, भावनाबाट हुनुपर्छ, हृदयबाट साँचो हुनुपर्छ। माया भनेको माया नै हो—त्यसको कुनै लिङ्ग, सीमा वा फरक हुँदैन। 🌈❤️🙏सबैलाई धेरै माया 🥰राधे राधे
2026-09-15 19:02:35
6
bishnupoudel175
Bishnu Poudel :
सबै कुराहरू सोचाइमा भर पर्छ🙏🙏
2026-09-16 03:21:05
1
indradhakal52
@indradhakal52 :
Kati bujhne hunuhunx baini sabda sabda le mutuko tir lai kopirahanxa❤️🙏🙏🥰
2026-09-16 01:25:51
1
indirarakhadka
indira raut Khadka :
wow super jodi💕💕
2026-10-01 04:17:54
0
bhagwatisharma123
bhagwati :
जस्तो जेय भय पनि माया त माया हो
2026-09-15 14:56:53
7
12.sameer.horaa.12
Bᴜᴅᴀ Hᴇʀᴏ🇳🇵🇧🇷 :
हात्ती छाप चम्पल जस्तै टिकोस हजुर को सम्बन्ध 😊
2026-09-15 20:26:54
1
g__one129
Mr_votey :
"गलत मान्छे को अगाडि आफैलाई गलत बनाएर बद्लिनु पर्ने रैछ"💔😢😢
2026-09-16 17:48:09
1
chirinjibimote1
Chirinjibi Mote :
यो चाहि हेर्न लायक देखियो🥰
2026-09-16 03:43:53
1
piriya782
is me pi riya :
केटा होस या केटि आखिर माया मायानै हो ❤️❤️❤️❤️
2026-09-16 03:24:37
1
heemasingh389
heemasingh389 :
2026-09-20 05:14:58
1
nabinadhakalofficial
Nabina Dhakal Official🎶 :
Huge respect to you vauju[Red heart]
2026-09-17 04:16:06
2
To see more videos from user @dipasimkhadaofficial, please go to the Tikwm homepage.

Other Videos


About