मोनिca :
1.पैसाको महत्व,एक्लै हुँदा पनि आफुलाइ सम्हाल्न, आफ्नो लागि आफै बलियो हुनु पर्छ..
2.मेरो प्रगतिको दिन कुरेर बसेकी आमा, र उसको❤️3.पैसा,अनुभव, आत्मनिर्भरता पाए--- तर आमाको काख,रहर खुशिका पलहरु गुमाए
4. हो,धेरै पटक भित्रैदेखि टुटे तर हरेक चोटले आफैलाई उठाउन सिके. अहिले दु:खसङ्ग डर लाग्दैन किनकि त्यसले मलाइ बलियो बनाएको छ।
5.आमाको काख,गालि नै सहि,माया,स्वास्थय र मनको शान्ति रहेछ भन्ने बुझे..
6.पहिले आफु यति बलियो छु जस्तो लाग्दैन थियो तर पर्देशिएपछि थाहा भयो म सोचे जस्तो कमजोर रहेनछु..धेरै कुरा एक्लै सहेर पनि अगाढि बढ्न सक्ने रहेछु।।
7.घर जाउ लाग्छ आमालाइ झ्याप्पै अङगालेर रुन मन छ तर परिस्तिथिले फर्किन दिदैनथ्यो:सबैभन्दा गार्हो दिन..
8.धरै पटक घर फर्केर सबै छोडिदिउ जस्तो लाग्छ तर रोगी आमा र कलिला मुनाहरुको भविष्य सम्झेर मनलाइ सम्झाउछु-- अझै केही समय लड्नुपर्छ..
9.सायद आउथे कि, तर यसपटक धेरै कुरा बुझेर आउथे..
10.पर्देसले परिस्तिथि बदल्यो, र ती परिसथितिले मलाइ आफु बदल्न बाध्य बनायो.. पहिलेको म र अहिलेको म एउटै छैन--अब धेरै कुरा सहन,बुझ्न र आफैलाई सम्हाल्न सिकि सकेकि छु ❤️❤️❤️
2026-09-15 19:22:02