@breakingnewsnepal001: सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकका रूपमा काम दिलाएबापत ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले दुवैविरुद्ध आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार उपाध्यक्ष राईले प्रशिक्षकको काम दिलाउने भन्दै घुस रकम आफ्ना छोरा सुनिल नाछिरिङ राईको बैंक खातासँग सम्बन्धित क्युआर कोडमा जम्मा गर्न लगाएकी थिइन्। अनुसन्धानका क्रममा उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ। पदको दुरुपयोग गरी घुस लिएको आरोप अख्तियारले उपाध्यक्ष अन्जु नाछिरिङ राईले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर गरेको छ। आयोगका अनुसार उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर हो। सोही आधारमा ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ। छोराविरुद्ध पनि भ्रष्टाचार मुद्दा अख्तियारका अनुसार सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस रकम लिएका थिए। उक्त रकम लिएर प्रयोगमा ल्याएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ। सुनिलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो। उनलाई पनि सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। अख्तियारले उपाध्यक्ष राई तथा उनका छोरा सुनिल दुवैविरुद्ध कानुनी कारबाहीको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

Breaking News Nepal
Breaking News Nepal
Open In TikTok:
Region: NP
Thursday 17 September 2026 01:46:21 GMT
9799
156
3
6

Music

Download

Comments

jeewan.bk6
Jeewan Bk :
😁😁😁 good
2026-09-17 03:57:12
0
soni_blon
sonublon :
Ekchoti bhasar ma ni jana paryo hjur😂
2026-09-17 04:44:11
0
kamal.official5
KAMAL OFFICIAL :
😁😁😁
2026-09-17 03:09:38
0
To see more videos from user @breakingnewsnepal001, please go to the Tikwm homepage.

Other Videos


About