@tufankosish83v: #creatorsearchinsights #viralviews नवलपुर सर्दीबाट दुःखद खबरः दुधे बालककी आमा सुनिसरा राति १० बजेदेखि बेपत्ता दुधे बालक रोइरहे, आमा बेपत्ता! सर्दीबाट आयो पीडादायी खबर जहाँ हुनुहुन्छ, फर्किनुस्’—दुधे बालकलाई सम्झेर परिवारको भावुक अपिल. दुधे बालकलाई घरमै छोडेर आमा हराएपछि परिवार चिन्तित, प्रहरीमा उजुरी. नवलपुर सर्दीबाट दुःखद खबर। विनयी त्रिवेणी गाउँपालिका–सर्दीबाट सुनिसरा गाहा मगर हिजो राति करिब १० बजेदेखि घरबाट सम्पर्कविहीन भएको परिवारले जनाएको छ। सुनिसरा गाहा मगरका श्रीमान् दुर्गेश गाहा मगर हाल रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको परिवारले जनाएको छ। दुधे बालकलाई घरमै छोडेर सुनिसरा सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ। उहाँका दाजु दिलबहादुर सारु मगर ले तपाईंको आफ्नै आवाज मिडियासँग सम्पर्क गर्दै बहिनीको खोजीमा सहयोग गरिदिन अपिल गर्नुभएको छ। परिवारका अनुसार आजै प्रहरीमा समेत उजुरी दिइएको छ। सुनिसरा अन्य व्यक्तिसँग गएको हुनसक्ने आशंका परिवारले व्यक्त गरे पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। जहाँ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ भने घर फर्किन परिवारले भावुक आग्रह गरेको छ। विशेषगरी आफ्नो दुधे बालकलाई सम्झेर एकपटक घर फर्किन परिवारको अपिल छ। सुनिसरा गाहा मगरबारे कसैलाई कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिनुहुन अनुरोध छ। यस घटनाबारे तपाईंको आफ्नै आवाज मिडियाले निरन्तर फलोअप गर्नेछ। यस्तै ताजा र नयाँ खबरका लागि हाम्रो आधिकारिक Facebook Page र TikTok लाई Follow गर्नुहोस्। साथै तपाईंको आफ्नै आवाज YouTube Channel लाई Subscribe गरी Bell Icon Press गर्नुहोस्। तपाईंको आफ्नै आवाज — सत्यतथ्य खबरको निरन्तर खोजीमा। #viral #breakingnews #tapaikoaafnaiaawaj