@baahrakhari: त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट ३ सुरुङभित्र ६ जनाको शव फेला परेको छ । नेपाली सेनासहितको संयुक्त टोलीले डन्डीको जालीमा अल्झिएको अवस्थामा रहेका ती शवहरू उपकरणको प्रयोग गरी बाहिर निकालेको हो । सुरुङभित्र हिलोमा अन्य शव जस्तो आकृति पनि देखिएकाले उद्धार र खोजी कार्य निरन्तर भइरहेको सेनाले जनाएको छ । #baahrakhari #12kharimultimedia #uppertrishuli1 #tunnelrescue #nepalarmy