@kharpunath1pyusha: गौरा केवल एउटा पर्व होइन, यो त हाम्रो पहिचान, हाम्रो परम्परा र हाम्रो आत्मीयताको उत्सव हो। आँगनमा गुञ्जिने गौरा , निधारमा सजिएको टीका र मुहारमा देखिने खुसीले गाउँघर नै संस्कृतिको सुन्दर रंगमञ्च बनेझैँ लाग्छ। पुर्खाले छोडेर गएको यो अमूल्य संस्कृतिलाई नयाँ पुस्तासम्म जोगाउँदै लैजानु नै हाम्रो जिम्मेवारी हो। गौरा माताको कृपाले हरेक घरमा सुख, शान्ति, समृद्धि र आपसी प्रेम सधैँ कायम रहोस्। 🌿🙏 सम्पूर्ण गाउँबासी आमाबुबा , दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र गौरा पर्वको हार्दिक मंगलमय शुभकामना। ❤️🌺#gauraparba❤️ #गाउँघर🏠❣ #गौरा२०८३ #प्युषगाउँ #humlanepal🇳🇵