@lemfeykamal4: रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो 🇳🇵💪 भोलि हाम्रो आफ्नै नेपाली MMA स्टार युकी आङ्देम्बे - The Gurkha फेरि एक पटक पिंजडामा उत्रदैछ 💪🥊 यो केवल एउटा फाईट होईन, यो हाम्रो देशको ईज्जत र पहिचानको लडाई हो। बेलायतमा हुर्किएर, बालीको SOMA Fight Club बाट कडा मेहनत र पसिनाले तयारी गरेर विश्वभरि नेपालको नाम गुञ्जाइरहेका हाम्रा योद्धालाई भोलि हामी सबैले एक भएर साथ दिनुपर्छ। उनको मुठ्ठीमा खुकुरीको धार छ, उनको छातीमा गोर्खालीको निडर मुटु छ, र उनको काँधमा हाम्रो राष्ट्रिय झण्डाको गौरव छ। भोलि पिंजडा भित्र एक जना मात्र लड्ने छैन, ३ करोड नेपालीको आत्मा र प्रार्थना लड्ने छ। युकी आङ्देम्बेलाई जितको अग्रिम शुभकामना! पुरै देश तपाईको साथमा छ। यो लडाई हाम्रो हो, यो जित पनि हाम्रो हुनेछ। जय नेपाल! जय गोर्खा! ❤️🔥 #YukiAngdembe #TheGurkha #NepaliMMA #mmafighter #GorkhaliPower