@dcompass: चालु आर्थिक वर्ष साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति १.२ प्रतिशत बढेको छ भने अमेरिकी डलरमा २५ अर्ब ८४ करोड पुगेको छ । सञ्चितिले २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । #swarnimwagle #rabilamichhane #balenshah #rspnepal🔔🇳🇵 #nepali