@amrit_554: चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ। निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत अवस्थामा भेटिएका हुन्। उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ। निकुञ्जको विवरणअनुसार २०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेका छन्। यस कारण रोनाल्डोलाई निकुञ्ज क्षेत्रमा प्रभावशाली तथा चर्चित जंगली हात्तीका रूपमा चिनिँदै आएको थियो। रोनाल्डोको मृत्युको खबरसँगै वन्यजन्तु संरक्षणमा चासो राख्नेहरूबीच पनि चिन्ता बढेको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जनाइएको छ। #fyp #viral #ronaldo #elephant #amrit554 @Chandrarimal @Sita karki