यो Teaser हेर्दा Paul Shah को अभिनय झन्–झन् निखारिँदै गएको महसुस भयो। अभिनय, expression र character लाई प्रस्तुत गर्ने शैलीले सुरुदेखि नै मन छोयो। साँचै भन्नुपर्दा, आँखा रसाए 😭
‘आ बाट आमा १’ हेर्दा जस्तै मन भावुक भएको थियो, यो Teaser ले त त्योभन्दा पनि अझ ठूलो भावनात्मक कथा आउँदैछ भन्ने महसुस गरायो। 🎬
अनि Paul Shah र Malika Mahat को जोडी! Music Video देखि नै दर्शकले मन पराएको यो जोडीलाई आज यति ठूलो पर्दामा सँगै देख्दा छुट्टै खुशी लाग्यो। दुवैको look, expression र chemistry ले Teaser लाई झन् आकर्षक बनाएको छ।
यो केवल जोडी होइन, दर्शकले लामो समयदेखि मनमा राखेको pairing हो। ठूलो पर्दामा Paul–Malika को chemistry ले कस्तो जादु देखाउने हो, त्यो हेर्न आतुर छु।
‘आ बाट आमा २’ ले दर्शकको मन जितोस्। सम्पूर्ण Team लाई हार्दिक शुभकामना! 🎬❤️🙏