@op16700:

NAK-TOKAME
NAK-TOKAME
Open In TikTok:
Region: KH
Monday 21 September 2026 13:44:54 GMT
19
5
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @op16700, please go to the Tikwm homepage.

Other Videos

😭🙏 काठमाडौंमा यात्रुवाहक बसमा आगलागी, चालक गम्भीर घाइते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सोमबार दिउँसो यात्रुवाहक बसमा आगलागी भएको छ।  ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो। प्रारम्भिक प्रहरी विवरणअनुसार, अनावश्यक हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्न खोजेपछि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। त्यसपछि चालकले यात्रुहरूलाई बसबाट ओरालेर आफूभित्रै बसेर आगो लगाएको प्रारम्भिक अनुमान गरिएको छ।  आगलागीका क्रममा बसमा यात्रु भने थिएनन्। बसको ढोका थुनेर आगो लगाएका २५ वर्षीय चालक दावा लामा गम्भीर घाइते भएका छन्। उनको शरीरको करिब ९० देखि ९५ प्रतिशत भाग जलेको र कीर्तिपुरस्थित बर्न अस्पतालमा क्रिटिकल अवस्थामा उपचार भइरहेको जनाइएको छ।  दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ भने जलेको बसलाई क्रेनमार्फत सडकबाट हटाइएको छ। घटनाको विस्तृत अनुसन्धानका लागि एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ।  आगलागीका कारण आसपासका टेलिफोन तथा इन्टरनेटका तारसमेत जलेपछि राहदानी विभागको सर्भर प्रभावित भएको थियो। जसका कारण केही समय राहदानी वितरण सेवा अवरुद्ध भए पनि नयाँ आवेदन लिने कार्य भने सुचारु रहेको बताइएको छ।

About