@advocatearjun5: काठमाडौं । सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने व्याख्या गरेको छ । विवाह दर्ता नभए पनि एकअर्कालाई पतिपत्नीका रूपमा स्वीकार गरी सँगै बसेको र त्यसलाई पुष्टि गर्ने विश्वसनीय प्रमाण भए वैवाहिक सम्बन्ध कायम भएको मान्न सकिने सर्वोच्चको व्याख्या छ । न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले ११ साउन २०८३ मा गरेको फैसलामा प्रत्यक्ष प्रमाण नभए पनि परिस्थितिजन्य तथा अन्य सान्दर्भिक प्रमाणबाट वैवाहिक सम्बन्धबारे निष्कर्षमा पुग्न सकिने उल्लेख गरेको छ । अदालतले प्रेम वा शारीरिक सम्बन्ध मात्रै विवाह प्रमाणित गर्ने पर्याप्त आधार नहुने पनि स्पष्ट पारेको छ । निश्चित समय र स्थानमा विवाह भएको, एकअर्कालाई पतिपत्नीका रूपमा स्वीकारेको र सँगै बसेको पुष्टि हुने पर्याप्त तथा विश्वसनीय प्रमाण आवश्यक हुने फैसलामा उल्लेख छ । #highlight #lawyer #information #defencelawyer