जन्म र मृ'त्युको समय सायद भगवानले पहिले नै निश्चित गरेर पठाएका हुन्छन्, हामी त केवल आफ्नो कर्मको भूमिका निभाउन यो धर्तीमा आउँछौँ😥
गोरखाको दुर्गम धार्चे गाउँपालिका-४, लाप्राकमा जन्मिनुभएका पुरबहादुर गुरुङ ‘युक्त’ को भाग्यमा पनि हिमालकै काखमा जन्मिनु र अन्त्यमा हिमालकै अँगालोमा सदाका लागि विलीन हुनु नै लेखिएको रहेछ। पेशाले एक कुशल तथा प्रतिष्ठित अन्तर्राष्ट्रिय माउन्टेन गाइड युक्तले सन् २००९ मा सामान्य पोर्टरका रूपमा पर्वतीय यात्रा सुरु गर्नुभएको थियो।
आफ्नो कडा मिहिनेत, लगन र अदम्य साहसकै बलमा उहाँले १० पटक सगरमाथा र विश्वका ८ हजार मिटरभन्दा अग्ला १२ वटा सर्वोच्च शिखरहरूको सफल आरोहण गर्नुभयो। २४ घण्टामै कठिन माउन्ट के-टु (K2) चुमेर कीर्तिमानसमेत बनाउनुभएका उहाँ हिमालमा सं'कटमा परेका आरोहीहरूको ज्या'न जोगाउने उ'द्धारकर्ताका रूपमा पनि सधैँ अगाडि हुनुहुन्थ्यो।
तीन हप्ताअघि ब्रोड पिक आरोहणका लागि पा'किस्तान पुग्नुभएका ३७ वर्षीय युक्त अन्ततः कहिल्यै नफर्किने गरी हिउँकै ओछ्यानमा सदाका लागि निदाउनुभएको छ। उहाँको यो असामयिक नि'ध'नले आज सिंगो देश शोकमा डुबेको छ। देशले पर्वतारोहण क्षेत्रका एक अनमोल रत्न, साहसी यो'द्धा र राष्ट्रको शीर उच्च बनाउने महान् सपूतलाई गु'माएको छ। उहाँको यो क्षति कहिल्यै पूरा हुन सक्ने छैन।
अमर आरोही पुरबहादुर गुरुङ ‘युक्त’ प्रति भावपूर्ण श्र-द्धा-ञ्ज-ली अर्पण गर्दै आ'त्माको चिर शान्तिको कामना गर्दछौँ। अलबिदा लेजेन्ड😭
2026-09-22 13:36:21
0
Tirth Khadka :
miss you dear
2026-09-22 04:29:46
0
To see more videos from user @gautamalisha7, please go to the Tikwm
homepage.