@arjun_jee11: कडा सन्देश - - Polluters Must pay ! - एउटा देशको नाफाको लागि अरू पीडित हुनुहुँदैन । संयुक्त राष्ट्रसंघको महासभामा महासचिव एन्टेनिओ गुटरेसले नेपालसहित जलवायु परिवर्तनको मारमा परेका देशहरूको एजेन्डा जोडले उठाएका छन । उनले जलवायु परिवर्तनका कारक मानिएका विकसित/विकासशील देशका कारण नेपाल जस्ता निर्दोष देशहरू मारमा परेको भन्दै क्षतिपूर्तिको माग गरेका छन । अहिलेको क्षतिपूर्ति कोष निकै सानो भएकाले कोष ठूलो बनाउनुपर्ने लगायतका मुद्दा उठाएका छन ।