@binay1955: #नेपालका लागि खुसीको खबर : प्रधानमन्त्री बालेन शाह न्युयोर्क पुगेकै दिन राष्ट्रसंघको ८१औँ महासभामा गुटेरेसले उठाए नेपालको आवाज, भने— "विश्वको छानो खसिरहेको छ" काठ्माडाैँ — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगेकै दिन नेपालका पक्षमा अन्तर्राष्ट्रिय मञ्चबाट ठूलो समर्थन मिलेको छ। महासभाको महत्वपूर्ण जनरल सेसनलाई मंगलबार बिहान सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको जलवायु संकट, तीव्र गतिमा पग्लिरहेको हिउँ र त्यसले निम्त्याएको विपद्बारे विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्। नेपालजस्ता हिमाल र प्रकृतिको संरक्षणमा योगदान दिने तर जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेप्ने देशहरूका लागि महासचिव गुटेरेसको यो सम्बोधनलाई अत्यन्तै सकारात्मक र न्यायोचित मानिएको छ। "मैले चेतावनी दिँदा बढाइचढाइ भनियो, तर नेपालमा प्रभाव देखियो" महासचिव गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा सगरमाथाको काखबाट दिएको चेतावनीको स्मरण गर्दै भने, "तीन वर्षअघि, नेपालका हिमालहरूबाट मैले विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ। अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको थिएँ। तर कतिपयले यसलाई खतराहरूबारे बढाइचढाइ गरिएको भनेर खारेज गरे। अहिले नेपालमा देखिएका दुःखद घटनाहरूले के प्रमाणित गरेको छ भने, धेरैले सोचेभन्दा चाँडै र कडा रूपमा यसका प्रहारहरू फैलिरहेका छन्।" महासभाका अध्यक्ष तथा बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानले समेत जलवायु परिवर्तनविरुद्ध विश्वका देशहरूको सामूहिक प्रयास अपुग हुँदा नेपाल र चीनमा बाढी-पहिरोले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गरे। "प्रदूषकले मूल्य चुकाउनैपर्छ, कमजोर देशले जलवायु न्याय पाउनैपर्छ" महासचिव गुटेरेसले वातावरण बिगार्ने धनी देशहरू र ठूला तेल कम्पनीहरूप्रति कडा आक्रोश व्यक्त गरे। उनले भने: खुला ढलजस्तै व्यवहार: ठूला तेल कम्पनीहरूले वायुमण्डललाई खुला ढलको रूपमा प्रयोग गरेर खर्बौं नाफा कमाएका छन्। रुस-युक्रेन युद्धपछि मात्रै पाँच प्रमुख पश्चिमी तेल कम्पनीहरूले झण्डै आधा ट्रिलियन (५०० अर्ब) डलर नाफा कमाए। लाजमर्दो बजेट: विकासशील र गरिब देशहरूका लागि अनुकूलन वित्तका रूपमा जम्मा ३४ अर्ब डलरमात्रै उपलब्ध छ। हानि तथा नोक्सानी कोष: जलवायु संकटसँग लड्न बनाइएको ‘हानि तथा नोक्सानी कोष’ (Loss and Damage Fund) मा लाजमर्दो रूपमा कम रकम छ। यसमा पर्याप्त रकम जम्मा हुनुपर्छ र अब थप शोषण बन्द हुनुपर्छ। अनुकूलन वित्त तेब्बर बनाउनुपर्ने: धनी तथा विकसित देशहरूले गरेका प्रतिबद्धता पूरा गर्दै अनुकूलन वित्तलाई तत्काल तेब्बर बनाउनुपर्छ। कम जिम्मेवार रहेका देशहरूले अरूको नाफाको मूल्य आफ्नो विनाशबाट चुकाउनु न्यायोचित नभएको उनको भनाइ थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृत राई तथा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहितको नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी छ। प्रधानमन्त्री बालेन शाहले बिहीबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई औपचारिक रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह पुगेकै दिन राष्ट्रसंघका प्रमुखबाट नेपालको पक्षमा यति सशक्त आवाज उठ्नुले बिहीबार हुने नेपालको सम्बोधनलाई थप प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको दबाब बढाउने विश्वास गरिएको छ। #JuntaraKhabar #AntonioGuterres #ClimateJustice #NepalInUN
25
Region: MY
Wednesday 23 September 2026 05:24:41 GMT
Music
Download
Comments
Dipak katuwal :
yo aawaj kasto ho kuni thaha vayana but yo awajle ma dherai roya😭
2026-09-23 08:27:46
0
"AloNe_PaKHriN👀" :
Jay balen dra shaha
2026-09-23 08:23:45
0
krishna sada shanker :
❤️❤️
2026-09-23 08:19:26
0
Tenji Tamang🦋 🦋 :
🙏🙏🙏
2026-09-23 08:51:29
0
rukmanithapamagar :
[Pray][Pray][Pray][Red heart][Red heart][Red heart]
2026-09-23 08:34:45
0
STW丨Killer十 :
❤️
2026-09-23 08:32:51
0
krishna :
🙏🏻🫡🫡
2026-09-23 08:26:00
0
Dhiraj Shrestha 🇳🇵🇳🇵🇳🇵 :
[Pray][Pray][Pray]
2026-09-23 08:15:40
0
jagbiryadav 0566.drive :
❤️❤️❤️
2026-09-23 08:01:37
0
Indira Khojwar7 :
🙏🙏🙏
2026-09-23 07:50:24
0
krishnagc4827 :
[Pray][Pray][Pray]
2026-09-23 07:40:29
0
Raju Bhujel :
🙏🙏🙏🙏🙏🙏🙏🙏💋
2026-09-23 07:20:33
0
Gole ji🇳🇵🇯🇵🕉️ :
👌👌👌
2026-09-23 07:17:08
0
To see more videos from user @binay1955, please go to the Tikwm
homepage.