@baahrakhari: बेपत्ता श्रमिकका परिवार आन्दोलित भोटेकोसी बाढीमा बेपत्ता भएका जलविद्युत् आयोजनाका श्रमिकका परिवारले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बेपत्ताको खोजी गर्न र सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै सरकार तथा निर्माण कम्पनी दोसानले चरम लापरबाही गरेको आरोप लगाएका छन् । आफन्तको खोजी गरिदिन आग्रह गर्दा दक्षिण कोरियाली कम्पनीबाट उल्टै ज्यान मार्ने धम्की आएको पीडित परिवारको गुनासो छ । #baahrakhari #12kharimultimedia #maitighar #rasuwaflood #foryourepage #newscapsule