@prabhadhungel7: बाढीले सबै कुरा तहसनहस बनाएर तुहीँको सहारा लिनुपरे पनि कुनै गुनासो छैन। हामी विकासका हिसाबले पचासौँ वर्ष पछाडि धकेलिनुपरे पनि कुनै पछुतो छैन। दुःख त केवल एउटै कुराको छ,बाढीबाट हामीले गुमाएका ती आफन्तहरू, आमा–बुबा, दाजुभाइ, दिदीबहिनीहरू अब जहाँ भए पनि कहिल्यै फर्केर आउनुहुन्न। ती अबोध बालबालिकाहरू पनि त्रिशूलीको त्यो विभत्सताबाट अछुतो रहन सकेनन्। यी सबै सम्झिँदा मन एकदम भारी हुन्छ, पीडा असह्य हुन्छ। गुमेका आफन्तहरू फर्केर नआउने पीडाले मन सबैभन्दा धेरै दुखाउँछ। सबै कुरा फेरि बनाउन सकिएला, घर बाटो र विकास फेरि गर्न सकिएला, तर गुमाएका आफन्तहरू कहिल्यै फर्केर आउनुहुन्न।🥺