@sonukumardas057: मोरङको पथरी–शनिश्चरेमा एउटा नवजात शिशु जन्मिएको छ, तर राज्यको पहुँच भने अझै पुगेको छैन। आर्थिक अभावका कारण एक महिलाले घरमै शिशुलाई जन्म दिनुपर्ने अवस्था। सुत्केरीले पाउनुपर्ने आधारभूत सेवा–सुविधा छैन। नवजात शिशुका लागि लत्ताकपडा समेत छैन। आवश्यक आधारभूत उपचारसमेत हुन सकेको छैन। त्यसमाथि, खेतभित्र रहेको उक्त घरमा अहिलेसम्म विद्युतसमेत पुगेको छैन। पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको सार्वजनिक प्रतिबद्धता छ। तर, यही देशमा आज एउटा परिवार आर्थिक अभावकै कारण आधारभूत उपचार र सुविधाका लागि संघर्ष गरिरहेको दृश्य देखिएको छ। प्रश्न गम्भीर छ—राज्य कहाँ छ? घोषणा कहाँ छ? व्यवस्था कहाँ छ? र विपन्न नागरिकको पहुँचमा सरकार कहिले पुग्छ? जब राज्यको सेवा पुग्नुपर्ने ठाउँमा अस्पतालको टोली आफैं पुग्नुपर्छ, अनि पत्रकार रातिको समयमा घटनास्थलमै पुगेर राज्यको वास्तविकता देखाउनुपर्छ—त्यो दृश्यले धेरै प्रश्न जन्माउँछ। यही पीडाको वास्तविकता बुझ्न रातिको समयमा घटनास्थलमै पुगेर पत्रकार सोनु कुमार दासले रिपोर्टिङ गरिरहनुभएको छ।