TU मा नभएको तर IOM मा रहेको barrier system का कारण वर्षेनी ९०–१०० जना विद्यार्थी Home Back र २५०–३०० जना विद्यार्थी Batch Drop हुने अवस्था सिर्जना भइरहेको छ।
MEC को entrance परीक्षा उत्तीर्ण गरी MEC बाट चयन भएका विद्यार्थीहरू IOM को barrier system मा परेर आफ्नो पढाइ अगाडि बढाउन नपाउने र ३–५ वर्षसम्मको महत्वपूर्ण शैक्षिक समय गुमाउने अवस्था किन अझैसम्म सरकारसम्म पुग्न सकेको छैन?
यसका कारण ३००–४०० जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ। यो समस्याको जिम्मेवारी कसले लिने? यसको समाधान कहिले र कसरी हुन्छ?
विद्यार्थीहरूको पीडा र भविष्यप्रति सम्बन्धित निकायले गम्भीर ध्यान दिन, विद्यार्थीहरूले चरम निराशामा पुगेर आत्महत्याजस्तो कदम चाल्नुपर्ने अवस्था आउनुअघि नै यस विषयमा तत्काल पहल गर्नुपर्छ।
@NepalGovernment 🇳🇵