@nirkumar.official: ⚠️ सोलुखुम्बुको साल्मे खोलामा पानीको बहाव बढेपछि अवस्था गम्भीर बन्दै! 🌊 हाइड्रोपावरका ड्याम साइडबाट समेत पानी छोडिएको अवस्था देखिन्छ। यस्तो अवस्थामा नदी आसपास र यात्रा गर्नेहरू थप सचेत रहनुहोस्। 👀 भिडियो अन्त्यसम्म हेर्नुहोस्—अवस्था आफैं बुझ्नुहुनेछ। 📲 सूचना सबैसम्म पुगोस्, भिडियो शेयर गरिदिनुहोस्। #SoluKumbhu #SoluUpdate #NirkumarOfficial #FloodAlert #Nepal
मैले आजभन्दा पाँच वर्ष अगाडि भनेको थिएँ हाइड्रो प्रोजेक्ट खोल्ने कम्पनीलाई पनि खोलालाई नसुकाउनु कमिलो हिँड्ने नबनाउनु भनेर खोलाको पनि आफ्नो बाटो हुन्छ। आफ्नो तरिकाले हिँड्न पाउनुपर्छ। कुनै दिन सोलुगङ्गा रिसाउनुभयो भने यो हाइड्रोपावर मात्र होइन सोलुखुम्बु जिल्लालाई पनि धेरै प्रभावित पर्न आउँछ हो तपाईँ हामीले जग्गा जमिन बेच्यो सित्तै पनि हामीले दिएको होइन तर हामीले यो सोचेनौ कि आफ्नो जग्गा जमिन त बेच्यो आफ्नो खोलानालालाई पनि बेच्यो। एउटा मरेको लास जलाउनलाई लगेको लास पखाल्नलाई पनि पानी हुँदैन खोलामा । मेरो विचारमा यो हाइड्रोपावर त बेनी हाइड्रो देखि लिएर दुधको सिमा एकैचोटि सबै मिसाओस्। जङ्गली जनावरले पानी पिउन पाउँदैन चराचुरुङ्गी पंक्षीले पानी पिउन पाउँदैन भिरपाखा जग्गा जमिन गाउँघर सबै सुखा लागेको छ। तपाईँ हामी सबैजना पैसाको मुख हेर्नले गर्दा आफ्नो गाउँ ठाउँमै बेचिसक्यो। भगवानले कहिले न कहिले त मैले भनेको र सोचेको पूरा गर्नुहुन्छ मलाई थाहा कुनै दिन कुण्डपोखरी सोलु गङ्गापट्टि फर्केर आउनुभयो भने याद राख्नु सबैजनाले एउटा मरेको लास पखाल्ने पनि पानी नछोडिकन लाने हाइड्रोपावरलाई तहस नहस बनाएनछ भने समय लाग्ला वर्ष लाग्ला एकदिन सोलुखोला बौलाएर आउनेछ। तपाईँहरूलाई राम्रो लागे कमेन्ट गर्नुस् नराम्रो लागे कमेन्ट गर्नुहोस् । म पनि त्यही ठाउँमा जन्मिएको मलाई पनि सोलुखुम्बुको माया छ। तर आफ्नो खोलानाला भिरपाखा सबै बेचेर तपाईं हामी खुसी भएको महसुस सोच गर्नुभएको होला। सोलु गङ्गा रिसाउनु भयो भने आम सोलुखुम्बु सम्पूर्ण जनताले विपत्ति खेप्नुपर्ने अवस्था आउनेछ न त घर न त घाट हुने समय पनि आउन सक्छ।🙏🙏🙏🙏
2026-09-25 13:24:20
0
Hem Kumari Sundas :
बर्वाद कस्तो मौसम हो?
2026-09-25 12:12:59
0
To see more videos from user @nirkumar.official, please go to the Tikwm
homepage.