@chefsuman4: हाम्रो @domoo__chhetri @arjuntiruwa731 @CHEF RESHAM(सेफ रेशम)👨🍳 Nepali Chefs Society को आयोजनामा हुन गइरहेको “भान्से धमाका–३” यही अक्टोबर २५ मा New Fiesta Hall मा भव्य रूपमा आयोजना हुँदैछ। 🎉🇳🇵 यस विशेष दशैं कार्यक्रममा तपाईंहरूले हाम्रा नेपाली सेफहरूको आफ्नै हातले तयार पारेका स्वादिष्ट नेपाली परिकारहरूको स्वाद लिन पाउनुहुनेछ। 🍛👨🍳❤️ साथै, विभिन्न सिटीहरूबाट कार्यक्रमस्थलसम्म आउनका लागि बस सेवा सुविधा पनि उपलब्ध हुनेछ। 🚌 दशैंको अवसरमा टीका, जमरा तथा नेपाली संस्कृतिको झल्कोसहित हामी सबै मिलेर दशैं मनाउनेछौँ। 🌺🙏 सबैभन्दा महत्वपूर्ण कुरा—यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई बाढीपीडितहरूको सहयोगका लागि Charity कार्यक्रमको रूपमा पनि आयोजना गरिएको हो। कार्यक्रमबाट प्राप्त हुने आम्दानी बाढीपीडितहरूको सहयोगमा जानेछ। ❤️🙏 त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अक्टोबर २५ मा New Fiesta Hall मा उपस्थित भएर कार्यक्रम सफल बनाउन र बाढीपीडितहरूलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ। आउनुहोस्, दशैं मनाऔँ ❤️ नेपाली खाना खाऔँ 🇳🇵 नेपाली संस्कृतिको संरक्षण गरौँ 🙏 र बाढीपीडितलाई सहयोग गरौँ। भान्से धमाका–३ | अक्टोबर २५ | New Fiesta Hall 👨🍳 INC – International Nepali Chefs Society ❤️ Together for a Cause@Nagarik Boli @CHEF ALE @@chef DilliRam👨🍳🇨🇾 @@karki Dipak