@adv.rakesh7: अस्मिता गुमाउन बाध्य पीडित चेलिबेटीहरुका लागि ऐतिहासिक फैसला : अपराध विधिशास्त्रमा नयाँ आयाम... विवाह गर्छु भनेर त्यही विश्वासमा श्रीमान् श्रीमतिको रुपमा एउटा शहरबाट अर्को शहरमा लिएर जाने बस्ने अनि अन्तिममा विवाह नगर्ने भनेर छोड्नेलाई इण्डियामा पनि बलात्कारको सजाय हुने कानुन छ । नेपालमा त्यस्तो कानुन थिएन, हामी भ्नदा सिनियर कयौ अधिबक्ता , बरिस्ठ अधिबक्ता कयौं मुद्दामा यो पनि सहमतिमाजस्तो देखिए पनि तिमीसँगै विवाह गर्छु भनेर कयौं समयसँगै बस्ने, लिभिङ्ग टुगेदर भन्ने तर फेरि अरुसँग सम्पर्क बढाएर छोडिदिने कार्यलाई सहमतिमा भनेर छुट दिने होइन, सजाय नै हुनुपर्छ भन्ने माग गर्दै आएका थियौं । तर हुन सकेको थिएन । पहिलो पटक नजिर कायम भएको छ, सर्वोच्च अदालतका माननीय वरिष्ठत्तम न्यायाधीस सपना प्रधान मल्ल र माननीय न्यायाधीस नित्यानन्द पाण्डेको इजलासबाट । यो नेपाली अपराधशास्त्रमा नयाँ व्याख्या हो । लिभिङ्ग टुगेदरमा रहने सहमति र अनुचित प्रभावमा पारी विवाहको आश्वासनमा बलात्कार वीच रौं चिरा मात्र फरक रेखा छ । त्यसको ब्याख्या अझै बढी भविष्यमा हुने विश्वास गरौं । नोट:७ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने अन्तिम नजिर कायम गरेको हो। #SupremeCourtOfNepal #JusticeForWomen #LegalPrecedent #CriminalJurisprudence #LivingTogetherCase