@sudip.gc7: 🏐🔥 अब CAVA क्लब च्याम्पियनसिपमा मजा आउने भयो! 🇳🇵🇮🇳 भारतमा आयोजना हुने CAVA Men’s Club Championship 2026 मा नेपालको प्रतिनिधित्व गर्ने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले भारतीय राष्ट्रिय टोलीका अनुभवी Opposite Spiker Jerome Vinith Charles लाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। भारतका कप्तानसमेत रहिसकेका जेरोम 198 सेमि अग्ला Opposite Spiker हुन्। २०२६ AVC Men’s Volleyball Cup मा उनले भारतको कप्तानी गरेका थिए, जहाँ भारतले ऐतिहासिक कांस्य पदक जितेको थियो। अब यही अनुभवी भारतीय स्टारले CAVA Men’s Club Championship 2026 मा नेपाली क्लब रुकुम पश्चिमबाट कोर्टमा उत्रिनेछन्। 🇳🇵🏐 रुकुम पश्चिमले यसअघि २०२६ को प्रधानमन्त्री कप NVA पुरुष भलिबल लिगको उपाधि जित्दै आफ्नो पहिलो राष्ट्रिय उपाधि हात पारेको थियो। अब प्रश्न एउटै छ— रुकुम पश्चिम + जेरोम = CAVA मा कस्तो प्रदर्शन? 👀🔥 नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्लब प्रतियोगितामा उत्रिँदै गरेको रुकुम पश्चिमलाई शुभकामना! 🇳🇵❤️ #Volleyball 🏐🔥