@rajubc1997: तिम्रो हातले लेखेको हार्दिक श्रद्धाञ्जलि माथिबाटै भए पनि हेर्नेछु कहिलेकाहीँ जिन्दगीले यस्ता शब्दहरू सोच्न बाध्य बनाउँदो रहेछ, जुन शब्दहरू लेख्न मनले कहिल्यै चाहँदैन। “हार्दिक श्रद्धाञ्जलि भन्ने दुई शब्द अरू कसैका लागि लेख्दा पनि मन भारी हुन्थ्यो, तर एकदिन यही शब्द आफ्नै नामसँग जोडिएर लेखिएको देख्नुपर्ला भन्ने कल्पना पनि गरेको थिइनँ। यदि कहिल्यै मेरो तस्बिरमाथि हार्दिक श्रद्धाञ्जलि” लेखिएको देख्यौ भने, धेरै नरोउनू है म तिमीहरूबाट टाढा भए पनि तिमीहरूलाई छोडेर गएको हुने छैन। शरीरले साथ नदिएला, आवाजले बोल्न नसक्ला, हातले छुन नसक्ला, तर सम्झनाहरूमा म सधैँ बाँचिरहेको हुनेछु तिम्रो हातले मेरो तस्बिरमाथि फूल चढाउँदै, आँखाभरि आँसु लिएर “हार्दिक श्रद्धाञ्जलि” लेखेको त्यो क्षण म माथिबाटै भए पनि हेर्नेछु। 😥 तिमीहरूको आँसु देख्दा सायद मेरो मन पनि रुनेछ, तर त्यो बेला आँसु पुछ्न तल आउन सक्नेछैनँ। जिन्दगीमा धेरै कुरा अधुरा रहन्छन्। कसैसँग मनको कुरा भन्न बाँकी रहन्छ, कसैलाई अँगालो हाल्न बाँकी रहन्छ, कसैसँग माफी माग्न बाँकी रहन्छ, अनि कसैलाई “म तिमीलाई धेरै माया गर्छु” भन्न पनि बाँकी रहन्छ। त्यसैले आजैदेखि आफ्ना मान्छेहरूलाई माया गर्नू, उनीहरूलाई समय दिनू र मनमा लागेको कुरा भन्न ढिला नगर्नू किनकि मृत्युले समय दिएर आउँदैन रहेछ आज सँगै हाँसेको मान्छे भोलि सम्झनामा मात्र रहन सक्छ आज आवाज सुनेको मान्छे भोलि तस्बिरसँग कुरा गर्नुपर्ने हुन सक्छ आज अँगालोमा बाँधिएको मान्छे भोलि फूलमालामा सजिएको तस्बिर बन्न सक्छ यदि म कुनै दिन यो संसारबाट बिदा भएँ भने, मेरा गल्तीहरूलाई सम्झेर मलाई दोष नदिनू। मैले कसैको मन दुखाएको भए माफ गरिदिनू। मेरा शब्दले कसैलाई चोट पुगेको भए क्षमा गरिदिनू। मैले पूरा गर्न नसकेका वाचा र अधुरा सपनाहरूलाई लिएर मलाई नराम्रो नसम्झिनू। मलाई सम्झँदा मेरो मृत्यु सम्झेर मात्र नरुनू, बरु मैले बाँडेका हाँसोहरू सम्झेर मुस्कुराउनू। मेरो आवाज सम्झनू, मेरा कुरा सम्झनू, सँगै बिताएका ती साना-साना क्षणहरू सम्झनू। र कुनै दिन मेरो तस्बिरअगाडि बसेर तिमीले आँसु झार्दै “हार्दिक श्रद्धाञ्जलि” लेख्यौ भने विश्वास गर्नु—म माथिबाटै भए पनि तिमीहरूलाई हेर्नेछु। 🙏😥😭 सायद त्यस दिन मेरो आँखाले आँसु झार्न सक्ने छैन, ओठले केही बोल्न सक्ने छैन, तर मनले एउटै कुरा भन्नेछ मलाई यति धेरै माया गरेकोमा धन्यवाद मलाई सम्झेर रोएकोमा धन्यवाद। तर अब धेरै नरोऊ, म तिमीहरूको सम्झनामा सधैँ बाँचिरहनेछु जिन्दगी क्षणभरको रहेछ मान्छे आउँछ, केही सपना देख्छ, केही सम्बन्ध बनाउँछ, केही खुसी बाँड्छ, केही पीडा लुकाउँछ अनि अन्ततः सबैलाई सम्झनाको भारी बोकेर छोडेर जानुपर्छ। त्यसैले जबसम्म सास छ, आफ्ना मान्छेहरूलाई माया गरौँ। जब शब्द छन्, राम्रो शब्द बोलौँ जब हात छन्, आफ्ना मान्छेलाई समातौँ जब समय छ, आफ्ना मान्छेलाई समय दिऔँ। किनकि मृत्यु पछाडि काश भनेर पछुताउनुको कुनै अर्थ हुँदैन। र अन्तिममा यदि मेरो भाग्यमा पनि त्यही दिन लेखिएको रहेछ भने तिम्रो हातले लेखेको “हार्दिक श्रद्धाञ्जलि म माथिबाटै भए पनि हेर्नेछु तर एउटा चाहना छमेरो लागि आँसु झार्दा धेरै बेर नरोऊ है किनकि तिमीहरूको आँखाको आँसु नै मेरो आत्माको सबैभन्दा ठूलो पीडा हुनेछ।#History #fypシ #NepaliCaption #goviral #goviral @Karan Kunwar official @Pooja Chettri🌹🌹🌹🌹 @anita khadka @dipa 🇳🇵🇲🇾sharma @Aayush Sunar @Manisha kanxi @@tirtha khadka 🇳🇵 Rokaya🇲🇾 @Sunita karki123 @Saya Magarni.....💝❣️💖 @Shyanu Maya @कान्छी मायालु @Lila Khadka @sojita Xettri

प्रदेशी र घरदेशीकाे भेटघाट🇲🇾
प्रदेशी र घरदेशीकाे भेटघाट🇲🇾
Open In TikTok:
Region: MY
Saturday 26 September 2026 15:02:15 GMT
8479
1743
348
75

Music

Download

Comments

To see more videos from user @rajubc1997, please go to the Tikwm homepage.

Other Videos


About