@kalamaji:आहा! कस्तो दामी, कस्तो जीवन्त अनि कस्तो मनमोहक प्रस्तुति! हजुरको यो भिडियो हेर्दा लाग्यो, आज एउटा उदाउँदो कलाकारले आफ्नो कला र प्रतिभा देखाउने सुन्दर अवसर पाएको छ। हजुर त साँच्चिकै रुपकी रानी, कलाको खानी, प्रतिभाको धनी कलाकार हुनुहुँदोरहेछ। गीतको भाषा जुनसुकै होस्, त्यसको भावना समातेर आफ्नै अभिनयमा नयाँ जीवन दिन सक्ने क्षमता हजुरको यो प्रस्तुतिमा स्पष्ट देखिन्छ। आँखाले बोल्ने भाव, मुस्कानले दिने मिठास, हाउभाउमा देखिने आत्मविश्वास र गीतसँग मिलेको अभिनयले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छ। एकछिन हेर्छु भनेर आएको मान्छे अन्त्यसम्म पुग्छ, अन्त्यमा पुगेर फेरि सुरुदेखि दोस्रोपटक पनि अवस्य हेर्छ। यही क्रम चलिरहँदा कहिले प्रशंसक भइन्छ, त्यो आफैँलाई पनि थाहा हुँदैन। हजुरको प्रतिभाले यो मोबाइलको पर्दाबाट, ठूलो पर्दाको आकाशसम्म यात्रा गरोस्। हजुरको नाम सामाजिक सञ्जालको भीडमा हराउने होइन, आफ्नै कला र पहिचानका कारण छुट्टै चम्किने नाम बनोस्। धेरै धेरै शुभेच्छा र न्यानो माया।