@routineofparbatbanda1800: कालिगण्डकी नदीले सहस्रधारामा मुख्य सडक बगायो पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा, नयाँपुलस्थित कुश्माबाट बागलुङ तथा बेनीतर्फ जाने मुख्य सडकखण्ड कालिगण्डकी नदीको कटानका कारण बगाएको छ। नदीको तीव्र बहावका कारण सडकको ठूलो भाग कटान तथा बगानमा परेपछि उक्त सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ। घटनाका कारण यात्रु तथा सवारीसाधनलाई आवतजावतमा समस्या भएको छ। नदीको बहाव अझै तीव्र रहेकाले आसपासका सडक तथा संरचनामा थप क्षति हुनसक्ने जोखिम देखिएको छ। सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने देखिन्छ। #Parbat #Followers #RoutineOfParbatBanda #News #Update