@hoalela1102:

Hoa Lê La
Hoa Lê La
Open In TikTok:
Region: VN
Sunday 27 September 2026 06:08:23 GMT
16
0
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @hoalela1102, please go to the Tikwm homepage.

Other Videos

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंलाई सुन्दर र समृद्ध बनाउन बागमती, विष्णुमती र धोबीखोलालगायतका नदीलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्नेमा जोड दिएका छन् । आउँदै गरेका विजयादशमी, दीपावली, छठ र नेपाल संवत्लगायतका चाडपर्वको अवसरमा काठमाडौं महानगरपालिका–१७, खुसीबुस्थित बाल उद्यान सामुदायिक सेवा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री घिसिङले नदी सफा नभएसम्म सहर सफा नहुने बताएका हुन् । ‘जबसम्म बागमती, विष्णुमती र धोबीखोलालाई आनन्दले नुहाउन सक्ने बनाइँदैन, तबसम्म काठमाडौं सुन्दर हुँदैन । त्यो काम अगाडि बढाउनुपर्छ । सरकारले यसलाई अगाडि बढाओस्,’ उनले भने । घिसिङले काठमाडौंलाई मात्रै नभई समग्र मुलुकलाई समृद्ध र हरियाली बनाउनुपर्ने आवश्यकता औँल्याए । यसका लागि आफूहरू पनि सक्रिय रहेको उल्लेख गर्दै उनले सरकारले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफ्नो पार्टीलाई रोज्ने दाबी गरे । विगतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालो बनाउन भूमिका खेलेको स्मरण गर्दै घिसिङले अब मुलुकका सबै क्षेत्रलाई उज्यालो बनाउनुपर्ने बताए । उनले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सुरु गरिएका नदी सफाइका कामलाई प्रधानमन्त्री बालेन्द्र शाहले अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्दै मुलुकको समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । त्यस्तै, बाल उद्यान सामुदायिक सेवा समितिका अध्यक्ष रामकुमार श्रेष्ठले स्थानीय विकास तथा सामाजिक कार्यमा आपसी सहकार्य गर्दै अघि बढ्न सबैलाई आह्वान गरे ।

About