@ujjwal.neupane2: असोज १३ गते बिहान BP Highway स्थित चौकि डाँडाको ताजा अवस्था, तत्कालको लागि रोशि खोलाको बगर बाट ड्राईभर्सन बनाउन सम्भव नभएपछि चौकी डाँडामा पहिलाको सडक भन्दा मुनि र रोशि खोलाको बगर भन्दा माथि (बिच) भाग बाट साना सवारीसाधन छिर्ने हिसाबले भित्ता कटान हुदैछ। ५ दिन देखि सडक पुर्ण रुपमा ठप्प छ। ३०० मिटर भन्दा बढि सडकको नामोनिशान केही पनि छैन। नमोबुद्ध-६, चौकि डाँडा, रोशि खोला, काभ्रे।