@dhirendrak1000: डिमन चोक, तिरहुत गाउँपालिका (सप्तरी) जनताको सुरक्षा र सुविधाका लागि लाखौँ खर्च गरेर डिमन चोकमा हाइ-मास्ट@Singer Sannu Kumar लाइट त जडान गरियो, तर विडम्बना—रात पर्नेबित्तिकै सिङ्गो चोक अन्धकारमा डुब्ने गरेको छ! 💡❌ यसको कारण कुनै प्राविधिक खराबी होइन, गाउँपालिका र वडा कार्यालयले विद्युत् प्राधिकरणको बक्यौता महसुल समयमै नबुझाउनु हो। महसुल नतिरेकै कारण लाइन काटिँदा रातको समयमा हिँडडुल गर्ने सर्वसाधारण र स्थानीय व्यापारीहरूले सास्ती भोग्न बाध्य छन्। जनताको सुविधाका लागि राखिएको लाइट महसुल नतिरेकै कारण बन्द हुनु स्थानीय सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन हो। 📢 हाम्रो जोडदार माग: गाउँपालिका र वडा कार्यालयले ढिलासुस्ती नगरी तुरुन्तै बक्यौता रकम भुक्तानी गरोस् र विद्युत् लाइन पुनः सञ्चालन गरी चोकलाई उज्यालो बनाओस्! @🖤🌎🔥PaTarKi🌎✌️🥵🖤 @amanbhai180